ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

नेपाली यूवा क्लब जेदा साउदी अरबद्वारा श्रीअरनिको विद्यालय रोल्पामा शैक्षिक तथा खेलकुद सामग्री वितरण

रोल्पा- शुक्रवार नेपाली यूवा क्लब साउदी अरबको सहयोगमा श्री अरनिको माध्यमिक विद्यालय, त्रिवेणी–२ रोल्पामा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न।
नेपाली यूवा क्लब साउदी अरबको सहयोगमा श्री अरनिको माध्यमिक विद्यालय, त्रिवेणी–२ रोल्पामा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक गणेशकुमार घर्ती मगरले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष कबिराज बुढा मगरको रहेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्वीटर, कापी, कलम र सीसाकलम वितरण गरिएको थियो। साथै विद्यालयलाई भलिबल, भलिबल नेटलगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार घर्ती मगरले यस्ता कार्यक्रमहरुले विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै यस कार्यक्रमको समन्वय गर्नुहुने यस विद्यालयका पूर्व विद्यार्थी तथा नेपाली यूवा क्लब जेदा साउदीका सकृय सदस्य वरमान बुढालाई लगाएत नेपाली यूवा क्लब साउदी अरबप्रति आभार प्रकट गरेका थिए।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै मुख अथिती कबिराज बुढाले नेपाली यूवा क्लब जेदा साउदी अरबले विद्यालयप्रति देखाएको सद्भाव र योगदान प्रशंसनीय छ। यस्ता सहयोगहरूले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने र विद्यालयको शैक्षिक गुणस्तर उकास्ने, विद्यालयको वातावरण सुधार गर्न, विद्यार्थीहरूको अध्ययनमा रुचि बढाउन र खेलकुदमा सक्रिय सहभागिता प्रोत्साहित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रोल्पाली यूवा क्लब साउदी अरबका सम्पूर्ण सदस्यहरू प्रति विशेष धन्यवाद सहित आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तथा स‌ंयोजन शिक्षक पर्शुराम घर्तीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस