ताजा अपडेट

रोल्पाको रुन्टीगढीमा ८३ जनाले लिए रास्वपाको सदस्य,एमाले-माओवादी त्याग्ने संख्या वढ्दै

होलेरी- रोल्पाको रुन्टीगढीमा हालसम्म ८३ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएको जानकारी प्राप्त भएको छ।

रास्वपामा कति जनाले सदस्यता लिए भन्ने तथ्यांक सदस्यहरूले पार्टीको एप्लिकेसनबाट हेर्न मिल्छ । रुन्टीगढीका विभिन्न वडाबाट ८३ जनाले सदस्य लिएको श्रोतले जनाएको छ ।
हालसम्म सदस्यता लिनेहरु एमाले र माओवादी त्यागेर सदस्यता लिने क्रम बढेको श्रोताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस