काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी महाधिवेशनसम्म जाँदा सबै समस्या हल हुने विश्वास दिलाएका छन् । आज बसेको स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
पत्रकारहरुले सोधेको नेतृत्व परिवर्तनको सम्भावनाको प्रश्नमा दाहालले भने,‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।’ माओवादी केन्द्रको केन्दीय समितिको बैठक भोलिबाट सुरु हुँदैछ।
यसअघि बसेको पदाधिकारी बैठक र आजको स्थायी कमिटी बैठकले अध्यक्ष प्रचण्डले अघि सारेको मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको छ । भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले यसबारे ठोस निर्णय लिनेछ ।