काठमाडौं, ९ असोज । वर्तमान सरकारले शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको पासपोर्ट रोक्काको तयारी गरेको छ। जेन–जी आन्दोलनको क्रममा गम्भीर आक्रामणमा परी घाईते भएर उपचारमा रहेका देउवा दम्पत्तिले नयाँ राहदानी लिएको खुलेपछि सरकारले उच्च सतर्कता अपनाएको छ ।
गृहमन्त्रालयनिकट उच्चस्रोतकाअनुसार सरकारले देउवा दम्पत्तिको पासपोर्ट नै रोक्काको तयारी गरेको छ । त्यसको लागि अहिले सम्पत्ति शुद्धीकरण विभागले सक्रियता देखाएको छ।
विभागले देउवा दम्पत्तिको घरबाट जलेको नोट ल्याएर अनुसन्धानसमेत थालेको छ । अहिले देउवा दम्पत्ति थप उपचारको लागि विदेश जाने तयारीमा रहेको गाईगुईं चलेको छ ।