हानवाङ – रुन्टिगढी ८ हानवाङ, रोल्पामा रहेको श्री बालकल्याण प्राथमिक विद्यालयमा अभिभावक भेला मार्फत चन्द्र बहादुर घर्तीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गठन भएको छ ।
विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष बिरे दमाईको अध्यक्षतामा बसेको भेलाले चन्द्र बहादुर घर्तीको अध्यक्षतामा ६ सदस्य चयन गर्दै घर्तीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । जसको सदस्यमा हर्क बहादुर रोका, सिता रोका, राम कुमारी परियार, संगिता वि.क. र संगिता नेपाली सर्वसम्मत् चयन भएका छन् ।
विद्यालयका शिक्षक बाने खड्काको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नविन कुमार देवकोटाले गरेका थिए ।