ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रुन्टीगढीका अध्यक्ष पुनले लिए पठनपाठनमा नफर्किने शिक्षकलाई कारबाही गर्ने प्रतिज्ञा

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले आन्दोलन छोडेर पठनपाठनमा नफर्कने शिक्षकहरुलाई कारबाही गर्ने प्रतिज्ञा लिएका छन् ।पालिका अध्यक्ष पुनले आइतबार हिजो पालिकाबाट सूचना जारी गर्दै भोलि १६ बैशाख मंगलबारबाट पालिका भित्रका सबै सामुदायिक विद्यालय सुचारु गर्न निर्देशन दिएका थिए ।

स्थानीय सरकारको निर्देशनको उपेक्षा गर्दै शिक्षक महासंघ रुन्टीगढीले सोमबार आज काठमाडौंमा जारी शिक्षक आन्दोलनका माग पूरा नहुँदासम्म रुन्टीगढीका कुनैपनि विद्यालयमा पठनपाठन सुचारु नगर्ने बिज्ञप्ती जारी गरेपछि विद्यार्थीहरुको पठनपाठनमा क्षति पुगेको भन्दै पालिका अध्यक्ष पुन थप निर्मम एवं आक्रमक बनेका हुन् ।आफ्नो आधिकारिक सामाजिक संजाल फेश्बूकमार्फत उनले लेखेका छन्- `आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार पनि ख्याल गर्नु पर्छ,भन्ने कुरा अबगतनै छ,आन्दोलनका नाममा लामो समय सम्म विद्यालय बन्द गर्ने पठनपाठन अबरुद्ध गर्ने,विद्यार्थीको भर्ना हुन पाउँने अधिकारलाई बन्चित गर्ने,पठन पाठन संचालनको लागी
गरीयको आग्रहलाई बीज्ञप्ति निकालेर अवज्ञाको पर्यत्न गर्ने पठनपाठन अबरुद्ध गर्नें जो कोहि शिक्षक, प्रधानाध्यापक सबैलाई निर्णय अनुसार कार्बाही हुने कुरा फिर्ता नहुने स्मरण गराउदै विद्यालय संचालन गर्न गराउनुहुन हार्दिक आग्रह गर्दछु।अन्यथा
थप कार्बाहीको प्रक्रिया अगाडी बढाउन रुन्टिगढि स्थानीय सरकार बाध्य हुने कुरा जानकारी गरीन्छ।´

पालिका अध्यक्ष पुनले पठनपाठन अवरुद्ध गर्ने शिक्षक र प्रधानाध्यापकहरुलाई चेतावनीसहित निर्णय अनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस