ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रुन्टीगढीका शैक्षिक संस्थाका दयनीय अवस्था,पद्मोदय माविमा काठले बारेको कक्षाकोठामा पठनपाठन

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकाका शैक्षिक संस्था सामुदायिक विद्यालयहरु दयनीय अवस्थामा गुज्रिरहेका छन् ।

रुन्टीगढी १ नं वडाको पद्मोदय माद्यामिक विद्यालयमा अधिकांस कक्षाकोठाहरु काठले बारिएका छन्।काठले बारिएका ति कक्षाकोठाहरुबाट एउटा देखि अर्को कक्षाकोठामा ध्वनि जुध्ने गर्ने समस्या रहेको विद्यर्थीहरुको गुनासो रहेको छ ।भवन अभावका कारण एउटै कोठालाई काठले दुई भागमा बारेर पठनपाठन सञ्चालन गराइरहेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कवरले बताए।`निजिश्रोतका शिक्षकलाई पारिश्रमिकता दिन समुदायबाट सहयोग उठाइ रहेका छौँ´-प्र.अ कवरले भने-`विद्यालयसंग आफ्नो श्रोत छैन ।भवन अभावले पढाउँदा दुइटा कक्षाको आवाज एकआपसमा ठोकिन्छ।हामीलाई पढाउन गाह्रो भइराछ ।´

एउटै कोठालाई काठले बारेर दुई फरक कक्षाकोठा रहेका कारण होहल्ला हुने भएकाले विद्यार्थीलाई बाहिर लगेर पढाउने गरेको प्रावि स्थाइ रहि माविसम्म गणित विषय पढाउँदै आएका शिक्षक हेमराज पुनले दुझेसो पोखे ।`कक्षा ४ मा सामाजिक बिषय पढाई रहेको हुन्छु ।अर्को कक्षमा अर्को शिक्षकले पढाउनु हुन्छ।आवाज जुधेर टाउको दुख्छ।विद्यार्थीहरुले पनि निकै अफ्ट्यारो महसुस गरिरहेका हुन्छन्´-शिक्षक पुनले भने ।

त्यस्तै पद्मोदय मावि दाङचोटमा विद्यालयका भवनहरु पनि जिर्ण भएर भत्किदै गइरहेका छन् ।बिज्ञान विषयको लागि प्रयोगशाला समेत छैन।टिनहरु प्वाल परेर पानी पर्दा कक्षाकोठामा पानी चुइने समस्या हुने गरेको शिक्षकशिक्षिकाहरुको पीडा रहेको छ।शौचालय पनि जिर्ण रहेको छ।विद्यालयको समस्यामा आजसम्म कुनैपनि निकायले ब्यबस्थापन गर्न चासो नदिँदा शिक्षक र विद्यार्थीहरुप्रति पठनपाठनमा परिरहेको प्रतिकूल असरले विद्यार्थीको भविष्यलाई आफूहरू चिन्तित रहेको प्र.अ. कवरले बताए।

मुलुकमा गाउँको सिंह दरबार स्थानीय सरकारसहित ३ तहका सरकार छन् ।तर कुनैपनि निकायले विद्यार्थी र शैक्षिक संस्थाको अवस्थालाई ध्यान दिन सकिरहेको छैन ।दाङचोटको पद्मोदय मावि उद्वारको पर्खाइमा रहेको छ।

प्रतिक्रिया दिनुहोस