होलेरी- संघीय राजधानी काठमाडौंमा देशभरका शिक्षकहरुको जारी आन्दोलनबिच बैशाख १६ गते मंगलबार देखि पालिका भित्रका सबै सामुदायिक विद्यालयहरु सञ्चालन गर्ने रोल्पाको रुन्टीगढी गाउँपालिकाको निर्देशन शिक्षक महासंघ रुन्टीगढीले अस्विकार गरेको छ ।शाथै तोकिएको समयमा विद्यालहरु सञ्चालन नगरे तलबभत्ता लगायत सेवासुबिधा र प्रधानाध्यापकहरुको हेरफेर गर्ने पालिकाको चेतावनीसहितको निर्देशनको शिक्षक महासंघले सोमबार एक बिज्ञप्ती जारी गर्दै शिक्षक कर्मचारीहरुलाई त्रास र धम्की दिने कार्य भएको भन्दै दु:ख व्यक्त गरेको छ ।
नयाँ शैक्षिकसत्रमा समेत निरन्तर २७ दिन चलिरहेको शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना तथा पठनपाठन सञ्चालन हुन सकिरहेको छैन ।गत सनिबार रोल्पाको रुन्टीगढी गाउँपालिकाले पठनपाठन सुचारु गर्ने बिषयमा रुन्टीगढीका जनप्रतिनिधि,राजनैतिक दल,विद्याललय ब्यबस्थापन समिति,अभिभावक र सरोकारवालाहरु सामुहिक छलफल गरेको थियो ।आइतबार हिजो स्थानीय सरकार रुन्टीगढीले मंगलबार देखि पालिका भित्रका सबै सामुदायिक विद्यालयहरु सुचारु गर्न चेतावनीसहित निर्देशन दिएको थियो ।
स्थानीय सरकारको उक्त निर्देशनलाई शिक्षक महासंघ रुन्टीगढीले शिक्षकहरुको मर्मत विपरीत रहेको ठहर गर्दै आन्दोलन पुर्ण नहुँदासम्म सबै कामकाज ठप्प पारेर शिक्षकरुलाई आन्दोलनमा काठमाडौं केन्द्रित हुन आग्रह गरेको छ ।आन्दोलन र मगहरु पूरा भएको खण्डमा अहिले भइरहेको शैक्षिक क्षतिलाई क्षतिपुर्ती गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।