होलेरी- नेपाल शिक्षक महासङ्घ रून्टीगढी गाउँ समितिले कालो पट्टि बाँधेर कालाे व्यानर रून्टीगढी गाँउकार्यपालिमा बुझाएको छ ।
शिक्षक महासंघ रुन्टीगढीले शिक्षकहरुका हकहितमा सरकार लाचार बनिरहेको भन्दै महासंघको गत माघ १६ र १७ गते बसेको केन्द्रिय समितिको निर्णय बमोजिम पहिलो चरणको विरोधको कार्यक्रम अगाडि बढाएको जारी बिज्ञप्तीमा उल्लेख गरेको छ ।
बिगतमा सरकारले सम्बोधन गरेका मागहरू कार्यान्वयन नभएको खण्डमा चरणवद्व आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनीसमेत रहेको छ ।