होलेरी- दक्षिण रोल्पाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले अझै डाक्टर नियुक्ति गर्न सकिरहेको छैन।
प्राथमिक स्वास्थ्य केन्द्र जस्तो आकस्मिक संस्थामा डाक्टर नहुँदा सेवाग्राहीहरु अहेवहरुकै भरमा रहेका छन्।अलि जटिल समस्या आएमा डाक्टरका खोजीमा रुन्टीगढीका नागरिक आर्थिक भार र समय दुबै उठाएर दाङ जानू पर्ने बाध्यता कायमै रहेको छ।दुर्घटनाबाट हुने मृत्युमा शव पोस्टमार्टम गर्न हजारौं पैसो तिरेर सदरमुकाम लिवाङ वा दाङ झर्नु पर्ने बाध्यता रहेको छ।करिब दुई महिना देखे डाक्टर अभावमा प्राथमिक स्वास्थ्य केन्द्र गुज्रिरहेको छ।गत चैत देखी बन्द रहेको फार्मेसीका लागि यस महिना बसेको गाउँ कार्यपालिका बैंककले फार्मेसीस्ट नियुक्तिका लागि बिज्ञापन आह्वान गर्ने निर्णय गरेको छ।तर डाक्टर सहितको सेवा सञ्चालनका लागि स्थानीय सरकार रुन्टीगढी निरीह बनिरहेको छ।प्राथमिक स्वास्थ्य केन्द्रमा राज्यले ब्यबस्था गरेका निशुल्क औषधीहरु अभाव हुँदा अधिकांश औषधि सेवाग्राहीले पैसो हालेर किन्ने गरेको गुनासो गर्ने गरेका छन्।