ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

होलेरी खबरको समाचार प्रभाव : प्रास्वाके होलेरीको एम्बुलेन्स मर्मत पश्चात सेवामा

होलेरी- होलेरी खबरले निरन्तर उठ्ठान र त्यसलाई फलोअप गरेपछि अन्ततः स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स मर्मत गरेर पुनः सेवा क्षेत्र फर्काएको छ ।

हाल एम्बुलेन्सले विरामीहरुलाई सर्वसुलभ भाडामा अस्पतालसम्म पुर्याउने कार्य गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको उक्त एम्बुलेन्स गत वर्षको असोजमा इन्जिन खराबी आएपछि मर्मत गर्नुको साटो घोराही दाङस्थित महिनौ अल्पत्र थन्क्याइएको थियो । शुरुवाती बेला देखि होलेरी खबरले सम्बन्धित निकायले एम्बुलेन्स जस्तो आकस्मिक सवारी मर्मत गरि सर्वसाधारणलाई राज्य प्रदत्त सहज सेवामा जोड्नुपर्ने विषयमा समाचार प्रकाशन गरेर स्थलगत रुप मै त्यसको फलोअप गरेको थियो । अन्ततः ९ महिनापछि एम्बुलेन्स मर्मत गरिएर सेवा क्षेत्रमा पुनः सुचारु गरिएको छ ।

एम्बुलेन्स पुनः सेवा क्षेत्रमा फर्किएपछि दक्षिण रोल्पाका सर्वसाधारण नागरिकहरुमा खुसीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस