ताजा अपडेट

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका लागि डाक्टरको बिज्ञापन गरि सकेका छौँ : रजिस्ट्रार लम्साल

होलेरी- आइतबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ र रोल्पाको स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाबिच प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमार्फत सेवा साझेदारी सहमति कार्यान्वयन गर्न प्रतिष्ठानले डाक्टरको दरबन्दी आह्वान गरिसकेको प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले होलेरी खबरलाई जानकारी दिएका छन् ।

प्रतिष्ठान सम्बन्धि ऐनमा उपलब्ध साझेदारी निति मार्फत आगामी पुष १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा प्रतिष्ठानकै तर्फबाट डाक्टर दरबन्दी परिपुर्ति गरिने भएको छ ।जस अन्तर्गत जनशक्ति ब्यबस्थापन लागत स्थानीय सरकार रुन्टीगढीले नै बेहोर्नु पर्ने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङका रजिस्ट्रार लम्सालले बताएका छन् ।रुन्टीगढीका नागरिकलाई प्रतिष्ठानले विशेष सेवा प्रदान गर्ने उनको भनाई रहेको छ।

दक्षिण रोल्पा कै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरी गत असार महिना देखि डाक्टर सेवाबिहिन बन्दै आइरहेको छ ।डाक्टर सेवा अभावमा रुन्टीगढीका नागरिकहरुले डाक्टर सेवाका लागि दाङ पुग्नु पर्ने नियति भोगिरहेका छन् ।प्रतिष्ठानका रजिस्ट्रार लम्सालका अनुसार तत्कालीन समयमा रोल्पा प्रदेश (ख) का प्रदेश सांसद दिपेन्द्र पुन (सिजल) लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री भएको समय सेवा साझेदारी प्रक्रिया अगाडि बढाइएको थियो ।प्रतिष्ठानले अगाडि बढाएको साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय सरकार रुन्टीगढीको समन्वयमा प्रक्रिया अगाडि बढाइएको हो ।

प्राथमिक स्वास्थ्य होलेरी केन्द्रमार्फत प्रतिष्ठानले सेवा साझेदारी गर्ने कार्यक्रमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा आवश्यक मापदण्ड पूरा गर्नु पर्ने भएकाले आफू प्रदेश स्वास्थ्य मन्त्री रहँदा होलेरीमा अत्याधुनिक डिजिटल एक्सरे मेशिन ल्याइएको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन (सिजल)ले होलेरी खबरलाई जानकारी दिए ।यसका शाथै प्रदेश सांसद पुनकै पहलमा साझेदारी कार्यक्रमलाई बैकल्पिक व्यवस्थापन गर्न १ करोड ३० लाख बजेट विनियोजन गरिएको सांसद पुनले जानकारी दिएका छन् ।

आगामी पुष १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा नियमित डाक्टर सेवा प्रवाह हुने भएको छ ।एमबीबीएस डाक्टरका शाथै चरणवद्व रुपमा विषेशज्ञ सेवा पनि प्रतिष्ठानले होलेरीमार्फत प्रदान गर्ने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस