ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

दुबै मृगौला खराब भएपछि रोल्पा डुब्रिङका ३४ बर्षिय भिमबहादुरलाई उपचारमा आर्थिक अभाव

होलेरी- एकैसाथ दुबै मृगौला खराब भएपछि रोल्पा  रुन्टीगढी गाउँपालिका वडा नं ६ डुब्रिङका ३४ बर्षिय भीम बहादुर नेपालीको थप उपचारका लागि आर्थिक अभाव भएको छ ।

बिगत केहि बर्ष अघि देखि मृगौलामा समस्या देखिएपछि भीम बहादुरले सामान्य उपचार गराएका थिए । निम्न आर्थिक अवस्थाका कारण उनी भारतमा श्रम गर्न जाने गर्थे । परिवारमा आमा र श्रीमती र एक छोराको पालनपोषण गर्नुपर्ने जिम्मेवारीको अगाडि भीमबहादुरको स्वास्थ्यमा उतिबेला देखिएको समस्यामा पनि उनले आराम गर्न पाएनन् ।

पछि झन्झन् स्वास्थ्य समस्या बढ्दै गएपछि पुर्ख्यौली सम्पत्ति बेचेर उपचार गरेको भीमबहादुर कि आमा कौशीला दमाईले जानकारी दिइन् । त्यसपछि अहिले मृगौला नै खराब भएको अस्पताल रिपोर्ट आएपछि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उनको डायलासिस र उपचार चलिरहेको छ ।

निरन्तर ३ दिनदेखि उनको हेरचाह र अवस्थाबारे बुझ्न दाङ पुगेका रुन्टीगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घन बहादुर घर्तीले स्थानीय तहबाट सिफारिस बनाएर डायलासिस निशुल्क हुने भएको जानकारी दिएका छन् । वडा अध्यक्ष घर्तीका अनुसार भीमबहादुरको सातामा २ पटक निरन्तर डायलासिस गर्नुपर्ने हुन्छ । भीमबहादुरको परिवार विपन्न हुनुका शाथै आर्थिक श्रोत नभएका कारण उनलाई दाङमा राखेर उपचार गर्न समेत समस्या हुने बताएका छन् । `भीमबहादुरको परिवारलाई दाङमै बसेर बसेर डायलासिस गराउन पनि मुस्किल छ । यदि रगत समुह मिल्यो भने उनको श्रीमती वा आमाले मृगौला दिने र मृगौला प्रत्यारोपण गर्ने योजना पनि छ । भर्खर ३४ बर्षको कलिलो उमेर छ । थोरैतिनो आर्थिक आवस्यक पर्ने भए हामीले गर्थ्यौँ तर अलि बढी आर्थिक आवश्यक पर्ने भएकाले सबै मनकारी नेपाली दाजुभाइ,दिदीबहिनीहरुले आर्थिक सहयोग गतिदिनु भयो भने उनको जीवन रक्षा हुन्छ भन्ने विश्वास लिएको छु´- वडा अध्यक्ष घर्तीले भने ।भीमबहादुर र उनका परिवारले पनि आर्थिक अभाव भैरहेको बताएका छन् । आर्थिक सहयोगको आह्वान गरेका छन् ।
स्वैच्छिक उपचारार्थ आर्थिक  सहयोगका लागि
श्रीमती : सरिता दमाई राष्ट्रिय वाणिज्य बैंक खाता नं 4310100003535010

प्रतिक्रिया दिनुहोस