ताजा अपडेट

होलेरीको एम्बुलेन्स स्थानिय सरकार रुन्टीगढीले अझै मर्मत गरेन,दाङको एक ग्यारेज मै अल्पत्र

होलेरी- गत असोज महिनामा इन्जिनमा खराबी आएपछि दाङको एक ग्यारेजमा थन्क्याइएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले अझै मर्मत गर्न चासो नदेखाएको पाइएको छ ।

एकाएक इन्जिनमा समस्या आएपछिचालक रमेश श्रेष्ठले एम्बुलेन्स मर्मतका लागि घोराही दाङ स्थित लुम्बिनी अटो मोबाइल्समा पुर्याएका थिए ।लुम्बिनी अटो मोबाइल्सका सञ्चाकक रमेश यादवका अनुसार हालसम्म एम्बुलेन्स मर्मत गर्न कुनै प्रक्रिया शुरुवात गरिएको छैन ।एम्बुलेन्स मर्मतका लागि एक लाख रुपैयाँ खर्च लाग्ने ग्यारेज सञ्चालक यादवको भनाई रहेको छ ।`समस्या हेरफेर गरेर हामीले ग्यारेन्टी सहित इन्जिन मर्मत गर्न एक लाख रुपैयाँ खर्च लाग्ने एम्बुलेन्स चालकलाई भनेका थियौँ।उहाँले पैसो लिएर जम्मा गरिदिएपछि मर्मतको काम शुरूवात गर्ने कुरो भएको हो।त्यसपछि कोहि पनि फर्केर आउँनू भएको छैन-´ग्यारेज सञ्चालक यादवले भने ।

कसको कोषबाट मर्मत गर्नू पर्ने हो एम्बुलेन्स ?
नेपाल-भारत सहयोगद्वारा अनुदानमा आएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स गत वर्ष देखि मर्मतको जिम्मेवारी स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले उठाउँदै आएको थियो ।यसपटक भने एम्बुलेन्स मर्मत गर्ने जिम्मेवारीबाट पन्छिएर स्थानीय सरकार रुन्टीगढी बेखबर जस्तै बनिरहेको छ ।

एम्बुलेन्स सेवा बिहिन बने रुन्टीगढीवासी नागरिक

रुन्टीगढी गाउँपालिका भरि आकस्मिक सवारी एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एउटा मात्रै सवारी छ ।गत असोज यता ५ महिना देखि रुन्टीगढीवासी नागरिक एम्बुलेन्स सेवा बिहिन बनिरहेका छन्।राज्यले प्रदान गरेको  सहज एम्बुलेन्स सेवाको अधिकारबाट रुन्टीगढीका नागरिक बन्चित हुनुपर्ने नियति बनिरहेको छ ।गाउँको सिंह दरबार स्थानीय सरकार रुन्टीगढी नागरिकका समस्यामा मौन साक्षी बसेर गैरजिम्मेवारीपुर्ण कार्यको पराकाष्ठा छताछुल्ल पारिरहेको छ।जसका कारण नागरिकहरुमा चरम निराशा छाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस