होलेरी-रोल्पाको एक गाउँमा जेष्ठ नागरिकहरु सहितको सहभागीतामा बेहुली पोलेर माघी पर्व मनाइएको छ।
थारु समुदायको महान चाडका रुपमा मनाइने माघी देशभरका आदिवासी,जनजाति तथा बिहिन्न धर्मावलम्बीहरुले धुमधामले मनाउने गर्दछ्न्।
पछिल्लो समय पर्वहरुको मौलिकतामा कमि आउँदै गएको समयमा रोल्पाको रुन्टिगढी गाउँपालिका ७ खाक्सिबन गाउँका स्थानीयहरुले भने बेहुली पोलेर माघी पर्वलाई मौलिक र परम्परागत रुपमा मनाएका छन्।
स्थानिय जेष्ठ नागरिक डिला खड्कासहित महिला,युवा-युवती तथा बालबालिकाले भव्य रुपमा माघी पर्व मनाएका हुन्।
खाक्सीबन गाउँको लाकुरीडाँडामा जम्मा भएर स्थानियहरुले तरुल,फर्सी लगाएत अन्य परिकारहरुका शाथ नाचगान गरेर माघी पर्वलाई बिदाई गरेका छन्।
स्थानिय शान्ति खड्काका अनुसार दशकौं पहिलेसम्म माघी पर्वमा सबै जम्मा भएर बेहुली पोलेर मनाउने गरिन्थ्यो।तर पछिल्लो समय यस पर्वको मौलिकतामा ह्रास आउँन थालेपछि स्थानियहरु मौलिक परम्परा जगेर्ना गर्ने उद्देश्यले माघिलाई मौलिक रुपमा मनाएका हुन्।