रोल्पा- प्रथम कृषि,ब्यापार,पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव त्रिवेणी ३ लिङदुङ रोल्पामा भोलि ४ गते आइतबार लोकप्रिय लोक दोहोरी गायक श्याम राना र गायिका जालुमाया गुरुङ लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
स्थानिय कलाकरहरुको प्रस्तुति सहित डान्सरहरु लक्ष्मी क्षेत्री,सुस्मिता गिरी र सुनिताको प्रस्तुति रहने महोत्सव संयोजक अर्जुन वलीले जानकारी दिएका छन्।