होलेरी-सयपत्री सदबहार युवा क्लबका अध्यक्ष तथा त्रिवेणीका समाजसेवी अर्जुन वलीको संयोजकत्वमा यहि अशोज २९ गते त्रिवेणी गाउँपालिका वडा नं ३ लिङदुङमा उद्घाटन गरिने प्रथम त्रिवेणी कृषि ब्यापार पर्यटन तथा बृहत महोत्सव २०८१ कार्यक्रमको ब्यबस्थापन अब्बल समाजसेवी प्रकाश जि.एम.ले गर्ने भएका छन्।
कपुरकोट सल्यान निवासी जि.एमले यस अघि विभिन्न जिल्लाका थुप्रै मेला महोत्सवहरुमा ब्यबस्थापकको सफल जिम्मेवारी निर्वाह गरिसकेका छन्।सामाजिक कार्यमा तल्लीन रहने जि.एमले त्रिवेणी ३ लिङदुङमा आयोजना हुने १५ दिने बृहत कार्यक्रमको ब्यबस्थापन गर्ने भएपछि ब्यबस्थापन उत्कृष्ट रहने महोत्सव संयोजक अर्जुन वलीले बताए।
`बृहत कार्यक्रमहरु गर्दा दर्शकहरूको उपस्तिथि संगै हामि आयोजकको ब्यबस्थापन ब्यबस्थापन पनि महत्वपूर्ण हुन्छ।हाम्रो क्लबले अब्बल समाजसेवी प्रकाश जि.एम.दाईलाई सम्मानस्वरुप जिम्मेवारी हस्तान्तरण गरेका छौँ।यसपालिको हाम्रो कार्यक्रमको ब्यबस्थापनले पक्कै कृषि,ब्यापार,पर्यटन तथा बृहत सांस्कृतिक उद्देश्यलाई परिपुर्ति गर्न मद्दत थप पुग्ने छ´-संयोजक वालीले भने।
जि.एम. युवा पुस्तामाझ लोकप्रिय छवि स्थापित गर्न सफल युवा समाजसेवी हुन्। अशोज २९ गते देखि लिङदुङको महोत्सवलाई भव्य रुपमा सफल पार्न रोल्पा,सल्यान,दाङ,प्युठान लगायतका दर्शकहरूलाई उपस्तिथिका लागि महोत्सव ब्यबस्थापक घर्तीको अनुरोध रहेको छ।
