रोल्पा- प्रथम कृषि,ब्यापार,पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव त्रिवेणी ३ लिङदुङ रोल्पामा भोलि कार्तिक ६ गते मङ्गलबार सदाबहार लोकप्रिय गायक राजु परियारको विशेष प्रस्तुति रहने भएको छ। गातक लिलाधर खड्का लगायतका कलाकारको प्रस्तुति रहने महोत्सव संयोजक अर्जुन वलीले जानकारी दिएका छन्।