होलेरी- असोज २९ गते मङ्गलबार प्रथम त्रिवेणी कृषि,ब्यापार,पर्यटन तथा बृहत सांस्कृतिक महोत्सव त्रिवेणी ३ लिङदुङ रोल्पामा भव्य रुपमा उद्घाटन हुँने भएको छ।
सबै तयारी भैइ सकेकाले अतिथिहरुका आगमनमा एक कार्यक्रमबिच उद्घाटन गरिने महोत्सवका संयोजक अर्जुन वलीले होलेरी खबरलाई जानकारी दिएका छन्।स्थानीय प्रजातीको खुमल ४ धानको प्रचारप्रसारकाका लागि उक्त चामलको खिर खुवाउने,रक्त दान गरिने,प्याराग्लाइडिङ,खेलाडीहरुलाई सम्मान लगायतका कार्यक्रम रहेको संयोजक वलीले जानकारी दिएका छन्।
असोज २९ देखि कार्तिक १० गतेसम्म निरन्तर सञ्चालन रहने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाले जनाएको छ।