दाङ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९ प्याब्सन दाङले तीनवटा विभाग बिस्तार गरेको छ । आज बिहीबार बसेको बिस्तारित बैठकले प्याब्सन दाङको तीनवटा विभाग बिस्तार गरेको हो ।
बैठकले अन्तर पालिका समन्वय विभाग, तालिम तथा अनुसन्धान विभाग र महिला तथा बाल शिक्षा उन्नयन विभाग बिस्तार गरेको हो । अन्तर पालिका समन्वय विभागको संयोजकमा प्याब्सन तुलसीपुरका प्रमुख सल्लाहकार गिरीराज डाँगी, तालिम तथा अनुसन्धान विभागको संयोजकमा प्याब्सन दाङका निवर्तमान उपाध्यक्ष चक्रबहादुर रावत र महिला तथा बाल शिक्षा उन्नयन विभागको संयोजकमा शर्मिला थापा चयन भएका छन् । साथै निकट भविष्यमा अन्य विभाग पनि बिस्तार गरिने प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले बताएका छन् ।
बैठक प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा प्याब्सनका केन्द्रीय कार्यसमितिका निवर्तमान सल्लाहकार नारायण अधिकारी, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, प्याब्सन दाङका बरिष्ठ सल्लाहकार केशव थापा लगायतले मन्तव्य राखेका थिए ।
बरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव आदिम केसीेले गरेका थिए ।