ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

हेमन्त आ.वि.रुन्टीगढी ३ रोल्पाको जग्गा ब्यबस्थापन गर्न आर्थिक संकलन अभियान,सहयोगीहरुलाई सम्मान गरिने

होलेरी- रोल्पाको रुन्टीगढी ३ जुर गाउँमा अवस्थित हेमन्त आधारभुत विद्यालयको भवन निर्माणका लागि निजी जग्गा खरिद गर्नु पर्ने भएपछि विद्यालय ब्यबस्थापन समितिको अगुवाईमा आर्थिक संकलन गर्न अभियान चलाइएको छ ।

कक्षा ८ सम्म सञ्चालन हुँदै आइरहेको उक्त विद्यालय लामो समय देखि भवन अभावमा गुज्रिरहेको छ।उक्त विद्यालयको भवन निर्माण गर्नका लागि भनेर संघीय सरकारको सहरी विकास मन्त्रालयबाट गत आर्थिक बर्ष १ करोड रुपैयाँ बजेट विनियोजन भैसकेको छ।यद्यपि विद्यालयको आफ्नै स्वामीत्वमा मापदण्ड अनुसारको भवन निर्माण गर्नका लागि जग्गा नभएकाले ब्यक्तिसंग निजी जग्गा खरिद गर्नु पर्ने विद्यालय ब्यबस्थापन समितिको भनाइ रहेको छ ।

भवन निर्माण गर्नकै लागि ठुलो परिणाममा बजेट आएपनि भवन निर्माण गर्न ९ लाख रुपैयाँमा विद्यालयका लागि जग्गा खरिद गर्न विव्यस,शिक्षक,अभिभावक र समुदायबिच सम्झौता भैसकेको छ ।विद्यालयसंग आफ्नै कोषमा रकम उपलब्ध नभएकाले विद्यालयसंग जोडिएका ब्यक्ति,निकाय,स्थानीय राजनैतिक दल,वडा कार्यालय र जुरका सर्वसाधारणहरु सहयोग संकलन अभियानमा जुटेका छन् ।

विद्यालयको जग्गा खरिद गर्ने जस्तो पुन्य कर्ममा ५ हजार देखि ५ लाख रुपैयाँ माथी स्वैच्छिक सहयोग गर्ने शिक्षाप्रेमी तथा समाजसेवीहरुप्रति विद्यालयको जग्गा ब्यबस्थापन समितिले सम्मान पत्र,शिला लेख,प्रतिमा लगायतले सम्मान गर्ने योजना बनाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस