ताजा अपडेट

होलेरीको एम्बुलेन्स दाङको ग्यारेजमा अझै अल्पत्र,बेखबर स्थानीय सरकार रुन्टीगढी(भिडियो सहित )

होलेरी- गत असोज महिना मर्मतका लागि दाङ लगिएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स अझै मर्मत गरिएको छैन ।

दाङको लुम्बिनी अटो मोबाइल घोराहीमा होलेरीको एम्बुलेन्स अझै बेवारिसे अबस्थामा अल्पत्र थन्क्याइएको छ।गत कार्तिक १६ गते होलेरी खबरले अल्पत्र एम्बुलेन्सको बारेमा पहिलोपटक खबर प्रकाशन गर्दा रहेकै स्थान र अवस्थामा रहेको छ ।मर्मत अभावमा बेवारिसे बनाइएको एम्बुलेन्स धुलोधंकारले घेरिएको छ ।यता एउटा मात्रै एम्बुलेन्स सुबिधा रहेको रुन्टीगढी गाउँपालिकाका नागरिकहरु भने बिरामी पर्दा,आकस्मिक दुर्घटना जन्य घटना वा प्रसुती सेवाका लागि एम्बुलेन्सबिहिन बनिरहेका छन् ।

आइतबार  लुम्बिनी अटो मोबाईलका सञ्चालक रमेश यादवले जानकारी अनुसार प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको उक्त एम्बुलेन्स मर्मतका लागि रुन्टीगढीको कुनैपनि निकायले चासो नदेखाएको बताए ।एम्बुलेन्स मर्मतका लागि लिएपछि मैले इन्जिन मर्मत गर्नु पर्ने रहेको हुँदा १ लाख लागत लाग्ने जानकारी दिएको थिए ।गत असोज यता रोल्पाबाट एकपटक पनि फोन आएको छैन-सञ्चालक यादवले होलेरी खबरलाई भने-हाम्रो ग्यारेजमा यति लामो समय बेवारिसे रुपमा एम्बुलेन्स थन्क्याइएको यो पहिलोपटक हो ।कुनैपनि सवारी लामो समयसम्म ठाँउ ओगटेर राख्दा हामीलाई पनि घाटा हुन्छ ।सम्बन्धित निकायले छिटै मर्मत गरेर लैजाओस्।

एम्बुलेन्स मर्मतको जिम्मा कसको ?
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका ल्याब असिस्टेन्ट कमल रेग्मीका अनुसार गत बर्ष देखि एम्बुलेन्स स्थानीय सरकार रुन्टीगढीले मर्मत गर्दै अएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रसंग पर्याप्त आर्थिक नहुने भएकाले एम्बुलेन्स स्थानिय सरकारले मर्मत गर्दै आएको उनले बताए ।

मुलुक संघीय प्रणालीमा गैइ सकेपछि प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने तथा आवस्यक ब्यवस्थापन गर्ने जिम्मेवारी स्थानिय सरकारको हुन्छ।यद्यपि स्थानिय सरकार रुन्टीगढीले भने स्वास्थ्य क्षेत्रमा देखाइ रहेको उदासिनताले रुन्टीगढीवासीप्रति चरम निराशा थपेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस