ताजा अपडेट

होलेरीको एम्बुलेन्स महिनौं देखि दाङको ग्यारेजमा अल्पत्र,बेखबर स्थानिय सरकार रुन्टीगढी(भिडियो )

होलेरी- प्राथमिक स्वास्थ्य केन्द्र होलेरी रोल्पाको एम्बुलेन्स गत असोज महिना देखि घोराही लुम्बिनी अटो ग्यारेजमा अल्पत्र अबस्थामा रहेको छ ।

दशै लगत्तै इंजिनमा समस्या आएपछि मर्मतका लागि दाङ पुर्याएका एम्बुलेन्स चालक रमेश श्रेष्ठले होलेरी खबरलाई जानकारी दिए । दाङ्को ग्यारेजमा एम्बुलेन्स लगेर पुगेका चालक श्रेष्ठसंग ग्यारेज सञ्चालक रमेश यादवले एम्बुलेन्सको इन्जिन मर्मत गर्न १ लाख रुपैयाँ लागत लाग्ने बताएका थिए । यादवका अनुसार चालक श्रेष्ठले पैसोको जोहो गर्ने भनेर रोल्पा फर्किएका थिए ।तर हालसम्म पैसाको जोहो नभएको जानकारी दिने गरेको ग्यारेज सञ्चालक यादवले बताए ।हालसम्म एम्बुलेन्स मर्मत कार्यको शुरूवात नभएको उनि बताउँछन्।यादवका अनुसार यदि एम्बुलेन्स मर्मत खर्च प्राप्त भएको खण्डमा बढीमा दश दिन भित्रै एम्बुलेन्स मर्मत भैइ सक्ने छ।

एम्बुलेन्स चालक रमेश श्रेष्ठले होलेरी खबरलाई दिएको जानकारी अनुसार असोजमा दाङबाट फर्किए लगत्तै उनले एम्बुलेन्सको अबस्था र मर्मत लागतको बारेमा प्राथमिक स्वास्थ्य केन्द्र होलेरी र स्थानिय सरकार रुन्टीगढीलाई जानकारी गराई सकेका छन् ।तर कुनैपनि निकायले सम्बोधन नगरेको बताए ।

एम्बुलेन्स भनेको सर्वसाधारण नागरिक बिरामी पर्दा राज्यले कम शुल्कमा अस्पतालसम्म पुर्याउन प्रदान गरिदिएको महत्वपूर्ण आकस्मिक सवारी हो ।गत बर्ष पनि एम्बुलेन्समा समस्या आएपछि करिब ३ महिनासम्म होलेरी जुर्नेटाको सडक किनार झाडीमा अल्पत्र अबस्थामा थन्क्याइएको थियो।यसपटक दाङको ग्यारेजमा महिनौं देखि अल्पत्र छाडिएको थियो । एम्बुलेन्स सेवाबिहिन बनाइदा रुन्टीगढीका नागरिकहरुलाई स्वास्थ्यमा समस्या आउँदा,सुत्केरी महिला अस्पतालसम्म पुर्याउन,आकस्मिक उपचार सेवामा पुग्न शास्ति बनिरहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस