ताजा अपडेट

शुक्रबार सुर्योदय मावि मसिनामा ४९८ जना विद्यार्थी मध्ये ५७ जना मात्रै उपस्थित(भिडियो सहित)

होलेरी- दशै -तिहारको एक महिना विदापछि सामुदायिक विद्यालय सञ्चालन भएको पहिलो दिन शुक्रबार आज सुर्योदय मावि रुन्टीगढी ४ मसिना रोल्पामा कुल ४९८ जना विद्यार्थी संख्या मध्ये जम्मा ५७ जना विद्यार्थीको मात्रै उपस्थिति रहेको छ।

होलेरी खबर विद्यालय समयमा विद्यालय प्राङ्गणमा पुग्दा शिक्षिक,शिक्षिकाको भने सतप्रतिशत उपस्थिति रहेको पाइयो।यद्यपि विद्यार्थी भने कुनै कक्षा कोठामा १ जना कुनैमा २ जना र कुनैमा शुन्य उपस्थिति रहेको पाइयो।
विद्यालय इतिहासमै सार्वजनिक विदाहरुपछि शुक्रबार सबैभन्दा कम उपस्थिति रहेको शिक्षकहरूले बताए।

के कारणले विद्यार्थी कक्षाकोठामा अनुपस्थित भए?
विद्यार्थी कक्षाकोठामा अनुपस्थित रहनुमा मुख्य जिम्मेवार अभिभावक बन्नु पर्ने सुर्योदय मा.वि.का प्र.अ. भानुभक्त शुवेदीले बताए।`हामि शिक्षकहरु सबैजना उपस्थिति रहेका छौँ।तर पहिल्यै विद्यालय पुनः सञ्चालन हुने मितिमा आफ्ना बालबालिका विद्यालय नपठाउनु अभिभावकहरुको कमजोरी छ।उहाँहरु आफ्ना बालबालिकालाई विद्यालय पठाउनै पर्छ।आज हामीलाई खल्लो महशुस भैरहेको छ-´प्र.अ. शुवेदीले भने- ´पढाई छुटेपछि विद्यार्थी,शिक्षक र अभिभावक सबैलाई घाटा हुन्छ।शुक्रबार भनेर पढाईबाट छोराछोरी बन्चित गराएर घरको काममा लगाउनु राम्रो होईन।´
यस अघि अत्यावश्यक काम बाहेक प्रत्येक दिन आफ्ना बालबालिकालाई विद्यालयल अनिवार्य रुपमा पठाउन अभिभावकसंग प्रतिबद्धता पत्र समेत तयार गरेर हस्ताक्षर गराइएको प्र.अ.शुवेदीको भनाई छ।

शुक्रबार सुर्योदय माविका शिक्षकहरू विद्यार्थी अनुपस्थितिको परिस्थितिको बारे एकापसमा छलफल गरिरहेका थिए।आगामी दिनमा विद्यार्थी र शिक्षाको बारेमा घरघरमा पुगेर घरदैलो कार्यक्रममार्फत  सचेतना फैलाउने शुक्रबारको बिषयले पृष्ठपोषण गरेको महशुस रहेको शिक्षकहरूको निष्कर्ष रहेको छ।पछिल्लो दिनहरूमा विद्यालयको शैक्षिक अवस्था र प्रशासनमा सुधार ल्याएर विद्यालयलाई गुणस्तरीय बनाउने आफूहरूको उद्देश्य रहेपनि शुक्रबारको नियतिले चिन्ता थपेको प्र.अ.शुवेदीले होलेरी खबरसंगको संवादमा बताए।

विद्यालयहरु विद्यार्थीका लागि ज्ञानको प्रकाश छर्ने शैक्षिक संस्था हुन्।विद्यार्थी विद्यालयमा अनुपस्थित रहने प्रवृत्ति विरुद्ध शिक्षक,विद्यार्थी,अभिभावक,विद्यालय र स्थानीय जनप्रतिनिधिहरुले विद्यार्थीहरुमा पढाईप्रति उर्जा,उत्प्रेरणा थप्न आवश्यक देखिन्छ।

भिडियो

https://youtu.be/WsQqynN4_sE?si=mdjYmPnYKwvp72HD

प्रतिक्रिया दिनुहोस