ताजा अपडेट

यहि अशोज २९ देखि त्रिवेणीमा बहुआयामिक पहिचानसहितको महोत्सव लाग्दै

होलेरी-  यहि अशोज २९ गते देखि कार्तिक १३ गतेसम्म त्रिवेणी ३ लिङदुङ रोल्पामा बहुआयामिक पहिचानसहितको महोत्सव सञ्चालन हुने भएको छ।

सयपत्री सदावहार युवा क्लब त्रिवेणी ३ लिङदुङ रोल्पाको आयोजनामा महोत्सव सञ्चालनको ब्यापाक तयारी रहेको युवा समाजसेवी तथा महोत्सवका संयोजक अर्जुन वलीले होलेरी खबरलाई जानकारी दिएका छन्।`आफ्नो उत्पादन आफ्नै बजार,कृषि उत्पादन र पर्यटन त्रिवेणी समृद्धिको आधार´ भन्ने मूल नाराका शाथ महोत्सवको तयारी गरिएको छ।

महोत्सवबारे विस्तृत जानकारी

महोत्सव उद्घाटनमा अतिथिहरुलाई स्थानीय धान खुमल ४ को प्रचारप्रसारका लागि खिर खुवाएर तथा रक्तदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।त्रिवेणीको पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ र ड्रोनबाट भिडियो शूट गरिने तालिका रहेको संयोजक वलीको भनाई रहेको छ।उहिँ मितिमा त्रिवेणी ५ लाई पनि गाउँपालिकाले महोत्सवको अनुमति दिएको छ।सोमबार सयपत्री सदावहार युवा क्लबले गाउँपालिकाको केन्द्र जुगारमा पत्रकार सम्मेलन समेत गरेर आपत्ति जनाएको छ।क्लबको तर्फबाट बोल्दै संयोजक वालीले सानो क्षेत्रमा कुनै संभाव्यता अध्यन नगरी स्थानीय सरकारले उहि मितिमा दुई महोत्सवका लागि अनुमति दिनु गैजिम्मेवारीपुर्ण कार्य रहेको बताएका छन्।

लिङदुङ महोत्सवले पर्यटन,संस्कृति,खेलकुद लगायतमा त्रिवेणीको पहिचानलाई देशभर चिनाउने तयारी रहेको आयोजकले जनाएको छ।आफूहरूको उद्देश्य नाफामूलक नभैइ सामाजिक योगदानमूलक रहेकाले महोत्सव सफल बनाउन सबै त्रिवेणीवासी एकजुट हुन संयोजक अर्जुन वालीको अपिल रहेको छ।

शुभकामना

प्रतिक्रिया दिनुहोस