होलेरी- दक्षिण रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा केही महिना अघि तत्कालीन लुम्बिनी प्रदेशले प्रदान गरेको अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन प्रयोग बिहिन बन्दै आइरहेको छ।
उक्त एक्सरे मेसिन सञ्चालन गर्न रेडियो ग्राफर चाहिन्छ।प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियो ग्राफर भएता पनी त्यसबाट निस्किएको रेपोर्ट हेर्ने काम डाक्टरको हो।हाल गत साउन महिना देखि रुन्टीगढी गाउँपालिकाले करारमा अह्वान गरेको डाक्टर एकता गिरीले जागीर छोडेपछि २ महिनासम्म स्थानीय सरकार रुन्टीगढीले नयाँ डाक्टर नियुक्त गरेर पदपूर्ति गर्न र नागरिकलाई डाक्टर सहितको सेवा प्रदान गर्न सकिरहेको छैन।रोल्पा प्रदेश (ख) का सांसद दीपेन्द्र पुन(सिजल)प्रदेश स्वास्थ्य मन्त्री रहेको तत्कालीन समयमा केही महिना अगाडि मात्रै उक्त अत्याधुनिक डिजिटल एक्सरे मेसिनको उद्घाटन गरेका थिए।त्यसको केही समयपछि कार्यरत डाक्टरले जागीर छोडेर पढ्न गएपछि उक्त मेसिन प्रयोग बिहिन भैरहेको छ।`खास गति यस मेसिनको रेपोर्ट हेर्नु पर्ने डाक्टरले हो।डाक्टर नभएपछि हामी अहेबहरुलाई सामान्य बाहेक धेरै जानकारी हुदैन-´अहेव हिमा घर्तीले होलेरी खबरसित भनिन्।
गत चैत महिना देखि फार्मेसीस्ट अभावमा बन्द रहेको फार्मेसी अझै सञ्चालनमा आएको छैन।करिब ७ महिनासम्म विलम्ब गरेर स्थानीय सरकार रुन्टीगढीले यस महिना कार्यपालिकाबाट फार्मेसीस्ट पदपूर्ति गर्न बिज्ञापन आह्वान गर्ने निर्णय गरेको छ।यद्यपि हालसम्म फार्मेसी बन्दै नै रहेको छ।फार्मेसीमा रहेका पुरानो खरिदवाला कतिपय औषधिहरुको म्याद गुज्रन लागेको हुनुपर्ने स्वयं कार्यरत स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरे।
यसका शाथै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अभावमा भिडियो एक्सरे सेवा पनि ठप्प रहदै आएको छ।नेपालको संविधानमै प्राथमिक तहको स्वास्थ्य सेवा नागरिकले निशुल्क र सहजै पाउनु पर्ने प्रत्याभूत गरिएको छ।प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा भने स्थानीय सरकारको लापरबाहीका कारण नागरिकहरु जटिल समस्या आएपछि डाक्टर र आवश्यक सेवा प्रवाह नहुँदा नागरिकले समय र आर्थिक दुबैको भार उठाएर दाङ जानू पर्ने नियति बनिरहेको छ।प्राथमिक स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि निशुल्क प्राप्त गर्न पाइने नेपाल सरकारको प्रावधान छ।तर प्राथमिक स्वास्थ्य केन्द्र होलेरी जाने सेवाग्राहीले अधिकांश औषधि निजि क्लिनिकहरुमा किन्नु पर्ने बाध्यता रहेको छ।
प्राप्त तथ्यांक अनुसार बितेको १ सातामा मात्रै १५० जना सेवाग्राहीले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट सेवा लिएका छन्।उनीहरु मध्ये कतिपय डाक्टरको सेवा नभएकै कारण दाङ रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीले जानकारी दिएको छ।दुर्घटनाजन्य र रहस्यमय तरिकाले हुने मृत्युमा पनि होलेरीबाटै प्राप्त हुने सेवा डाक्टर नहुँदा शव पोस्टमार्टम गर्न आर्थिक खर्च उठाएर दाङ लग्नु पर्ने बाध्यता रहेको कतिपय स्थानियहरुको गुनासो रहेको छ।
आइतबार होलेरी खबरसंगको कुराकानीका क्रममा स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष तथा रुन्टीगढी ९ का वडा अध्यक्ष एवं पालिका प्रबक्ता चेतलाल खत्रीले सेवा सुबिधा सम्पन्न अस्पताल बनाउन आफूहरुले पहल गरिरहेको बताएका छन्।
भिडियो