होलेरी- निजामती सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र रोल्पाद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा महेन्द्र मावि होलेरीबाट सहभागी विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेपछि बिहिबार एक कार्यबिच विद्यालयले सहभागी विद्यार्थीहरुलाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको छ।विभिन्न कक्षामा अध्यनरत दीक्षा घर्ती,गणेश खत्री र निशा बस्नेतलाई सम्मान गरिएको छ।
