होलेरी-अनेरास्ववियु रुन्टीगढी गाउँपालिकाले सनिबार एक कार्यक्रमबिच यस बर्ष कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई प्रमाण वितरण गर्दै बधाई ज्ञापन गरेको छ।
अनेरास्ववियु रुन्टीगढीका अध्यक्ष उमेश रसाइलीको अध्यक्षता एवं नेकपा एमाले पुर्व जिल्ला कमिटी अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बालाराम बुढा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले रोल्पा जिल्ला कमिटी सदस्य घनबहादुर घर्ती,नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतको आतिथ्यता रहेको थियो।
होलेरीस्थित जंगल रिसोर्टमा आयोजित कार्यक्रमबारे जानकारी दिदै अध्यक्ष रसाइलीले विद्यार्थीहरुको अगामी भविष्यको उज्वल कामना गर्दै हौसलास्वरुप प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।महेन्द्र मावी होलेरी,भिमसेन मावी सैबाङ र सुर्योदय मसिनाका विद्यार्थीहरुलाई सम्मान गरिएको उनले जानकारी दिएका छन्।