होलेरी- गत असोज देखि स्वास्थ्यमा गम्भीर समस्या आएर विस्तारामै थलिएका रुन्टीगढी ५ कुङ्ग्री रोल्पाका ४९ बर्षिय शेरबहादुर रावतको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
रुन्टीगढी गाउँपालिका वडा नं ५ का स्थानीय एवं घोराही १४ दाङमा व्यावसाय गर्दै आएका तारा डाँगीको अगुवाईमा विभिन्न ब्यक्तिहरुबाट नगद २६ हजार सहयोग रकम शुक्रबार रावतको घरमै पुगेर परिवारलाई हस्तान्तरण गरिएको छ।
हातखुट्टा चलाउन कठिन र बोल्न समेत नसक्ने अवस्थामा पुगेका शेरबहादुर रावतलाई उनको परिवारले ऋण खोजेरै लाखौं रुपैयाँ उपचारका लागि खर्चिए पनि स्वास्थ्यमा सुधार नआए पछी पछिल्लो समय भारतको चन्ढीगढ पुर्याएको थियो ।३-३ महिनाको अन्तरालमा भारत उपचार गराउन परिवारसंग आर्थिक अवस्था कम्जोर भएपछि शेरबहादुरकि पत्नी शारदा रावतले बिहीबार वडा अध्यक्ष गोबुन्दबहादुर डाँगी र होलेरी खबरलाई सहयोग अपिल गरिदिन मद्दत मागेकी थिइनँ।शेरबहादुर र उनको परिवारको अवस्था देखि सकेपछि शुक्रबार ब्यबसायी तारा डाँगी,दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य बिष्णु प्रशाद रिजाल,ब्यबसायी श्याम सेजुलाल,सोनापुर सिमेन्टका प्रतिनिधि नन्दलाल खत्री लगायतले घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग गर्नेहरुप्रति वडा अध्यक्ष डाँगीले आभार ब्यक्त गर्दै सबैले सकेको सहयोग गरिदिन अनुरोध गरेका छन् ।