होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ कुंङ्रीमा रहेको प्रगतिशील आमा समूहको नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ।
सनिवार एक कार्यक्रमबिच वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले उक्त भवनको रिबन काटेर उद्घाटन गरेका हुन्।वडा पालिकाको २ लाख ३५ हजार लगानी र स्थानीयहरुको श्रमदानमा भवन निर्माण कार्य सम्पन्न भएको हो।उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष डाँगीले आवश्यक भवन निर्माण कार्यहरू चरणवद्व रुपमा भैरहेको बताएका छन् ।भौतिक बिकास मात्रै पुर्ण बिकासको मानक नभएकाले वडावासीको चेताकोस्तर उकास्ने योजना रहेकाले त्यसमा शाथ दिन वडावासीहरुमा अपिल समेत गरेका छन् ।मोटरबाटो निर्माण,भवन निर्माण लगायत भौतिक पुर्वाधारहरु नियमित कार्यक्रम रहेकाले यसैमा अल्झिए नबस्ने उनको भनाइ रहेको छ।आत्म निर्भरता र समृद्धिका लागि चेतनाको स्तर उकास्नु पर्ने वडा अध्यक्ष डाँगीले बताएका हुन्।
समूहकि अध्यक्ष शर्मिला घर्तीको अध्यक्षता एवं वडा अध्यक्ष डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण टंक नेपालीले गरेका थिए।आमा समूहका पदाधिकारी,स्थानिय राजनैतिक दलका प्रतिनिधि,शुरक्षाकर्मीहरुका शाथै होलेरी खबरका प्रवन्धक नन्दराम खड्का र रेडियो सुर्यमुखीकि स्टेशन म्यानेजर कविता मगर लगायत सहभागीता रहेको थियो।