दाङ- दाङको लमहीमा अबस्थित रोजी बडस बालबाटिका बोर्डिङ स्कूलमा निर्वाचनबाट क्याप्टेनमा सिजन भण्डारी र उप क्याप्टेनमा संभव रेग्मी निर्वाचित भएका छन । शैक्षिक शत्र २०८१ को लागी स्कूलमा क्याप्टेन तथा उप क्याप्टेन विद्यार्थीहरुले निर्वाचनबाट निर्वाचित गरेका हुन ।
कक्षा ६ देखि कक्षा १० सम्मका ४ सय विद्यार्थीहरू निर्वाचनमा सहभागी भएको स्कुलका प्रिन्सिपल बसन्त न्यौपानेले बताए ।
विद्यार्थी बिच निर्बाचन गराएर नेतृत्व चुन्दा विद्यार्थी लाई निर्बाचन सम्बन्धी ज्ञान हुने भएकाले चुनाब गराइएको बिधालय प्रसासनको भनाइ छ ।