होलेरी- रोल्पा अस्पताल रेउघाबाट हेलिकप्टर मार्फत एक महिलाको ज्यान बचाउन सुर्खेत लगिएको छ।
रोल्पाकी स्थानिय पदमा सेनलाई रक्तस्राव भएपछि थप उपचारका लागि आमा सुरक्षा कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट सुर्खेत लगिएको रोल्पा अस्पतालका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिएका छन्।
उनको गर्भ खेर गएपछि रक्तस्राव रोकिएको थिएन।

तस्वीर : शेरबहादुर थापा