ताजा अपडेट

रोल्पाको एक सरकारी विद्यालयमा विद्यार्थी भर्ना शुल्क ४ हजार रुपैयाँ शुल्क अशुली गर्दै

राेल्पा- राेल्पा नगरपालिका वडा नं.१० मा रहेकाे श्री हिमालय मा .वि. गापा मा विद्यार्थी भर्ना गर्न भनी अभिभावक बाट मनपरि पैसा असुली गरेकाे पाइएकाे छ ।
उक्त विद्यालयमा विद्यार्थी भर्ना गर्न आएका अभिभावकहरुबाट कक्षा अनुसार पैसा असुली गरकाे पाइएकाे छ । उक्त विद्यालय १० कक्षा सम्म संचालन रहेकाे विकट गाउँकाे विद्यालय हाे । साेही विद्यालयमा भर्ना हुन स्थानीय गाउँ बाट निम्न वर्गका विद्यार्थीहरुले पढ्नकाे लागि निकै महङ्गो शुल्क तिरेकाे बताउँछन् । एक विद्यार्थी कक्षा ५ मा भर्ना हुन ४१००( एक चालिस सय) रुपैयाँ तिरेकाे पाइएकाे छ ।

विद्यालय एक सरकारी विद्यालय हाे ।सरकारी विद्यालयमा पठनपाठन गर्न राज्यले शिक्षा,दीक्षा निशुल्क घोषणा गरेको छ।तर विद्यार्थी भर्नाकै बेला सहयोगको नाममा उक्त विद्यालयले अशुल गरिरहेको रकमको बारे स्थानीय सरकारले कुनै वास्ता नगरेको र विद्यालयले आफ्नाे निजी शिक्षकले निजी स्राेतबाट तलब खुवाउन स्थानीय लाभान्वित विद्यार्थीका अभिभावकबाट सहयोग भन्दै चर्काे शुल्क उठाउदै आएकाे स्थानीयहरु काे गुनासो रहेकाे छ ।

विद्यार्थी भर्नाकाे नाममा रसिद भने विद्यालयलाई सहयोग बापत भनेर दिने र विद्यार्थी भर्नामा लागेकाेकाे भन्दै हरेक वर्ष शुल्क उठाउने गरेकाे पाइएको छ ।कक्षा १० मा भर्ना हुन ३१०० सय तिरेकाे र प्रत्येक विदेशीसंग पनि विदेश गएकाे भाग स्वरुप विद्यालयलाई २५०० पच्चीस सय रुपैयाँ देखि ५००० हजार रुपैयाँ सम्म उठाउने गरेकाे खुल्न आएकाे छ।

निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७’ परिच्छेद २ को ५ नं बुँदामा माध्यमिक तह सम्मको शिक्षामा शुल्क लिन नपाइने भनेर लेखिएको छ । उक्त बुँदामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको रकम केहीपनि लिन नपाइने भनिएको छ । तर विद्यालयले भने मन परी विल भर्पाइ मिलाइ पैसा असुली गरेकाे देखिन्छ ।

यसै विद्यालयकाे विषयलाई लिएर राेल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष माेतिलाल डाँगीलाई स्थानीय तह बाट हामीले नियमन गर्न खाेजेकै हाे तर याे हाम्रो वडामा मात्रै नभएर सबै विद्यालयले सहयाेेग स्वरुप पैसा असुली गरेका हुन सक्ने र विद्यालयमा निजि स्राेतका शिक्षकहरु कार्यरत रहेकाले उनिहरुकाे तलब तथा व्यवस्थापनका लागि शुल्क लिएको हुनसक्ने बताएका छन् ।याे एउटा विद्यालयकाे मात्रै समस्या नरहेको र अब यस्ता परिपाटीकाे खण्डन गर्दै सुधार गर्नुपर्ने वडा अध्यक्ष डाँगीले बताए। नगर पालिकाबाट शिक्षामा गरिएको खर्च समेत बेरुजु देखिने वील पास नहुने जस्ता समस्या देखा परेकाे हुदा स्थानीय बाट पैसा उठाउनु परेकाे उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुरले विद्यालयमा प्रा .वि. काे दरबन्दी भएकाले मा .वि. संचालन गरिएकाले अभिभावकबाट पैसो उठाउनु पर्ने बाध्यता रहेको बताए।

उता भने स्थानीय निम्न वर्गका बालबालिका अभिभावक भने विद्यालय शुल्क तिर्न नसकेर विद्यार्थी पढाइ छाड्ने डरले आफ्नाे मेहनतले बल्लतल्ल जाेहाे गरेर शुल्क बुझाएको बताउँछन् शुल्क बुझाएपछि सहयाेग शुल्क भनेर रसिद दिएर भर्ना गरेकाे पाइन्छ भने कतिपय विद्यार्थीले त बाहिर पढ्न जानकाे लागि पनि सर्टिफिकेट दिन आनाकानी गर्ने जस्ता समस्या भाेग्नु परेकाे स्थानीय हरुकाे गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस