ताजा अपडेट

रोल्पाका चन्दको गोर्खा पब्लिक हस्पिटल दाङले नि:शुल्क गरिरहेको छ,स्वास्थ्यमा क्रमिक सुधार

होलेरी- रोल्पा रुन्टिगढी ६ सरेचौर निवासी स्थानिय युवा शंकर चन्दलाई बिगत एक साता देखि पेट फुलिने समस्याबाट ग्रसित बनेका थिए।

शुभकामना

उपचारका लागि उनिसंग आर्थिक अभाव भएपछि चन्दले समयमै स्वास्थ्यको उपचार गर्न सकेनन्।त्यसपछि उनको स्वास्थ्यमा थप समस्या बढ्दै गयो।बिस्तारै उनको हात र खुट्टा सुनिदै गयो।३० बर्षिय युवा चन्दलाई हिडदुल हर्न पनि असहज हुन थाल्यो।ऋण काढेरै भएपनि उपचार गर्छु भनेर संघर्षका शाथ होलेरी बजार हिडेका उनलाई कतैबाट पैसो मिलेन।उनको अनुहारको चमक पनि गुमिसकेको थियो।

उनी बिरामी भएर थला परेको जानकारी होलेरीका ब्यबसस्यी एवं युवा समाजसेवी विक्रम डाँगीले बिहिवार बिहान होलेरी खबरलाई गराए।त्यसपछि होलेरी खबर र होलेरीका युवा ब्यबसायी विक्रम डाँगी,गिरीराज रावत,होलेरी खबरका ब्यबस्थापक सुरेन्द्र खड्का लगाएत टिम चन्दको उपचार रोल्पामा संभव नहुने भएपछि दाङसम्म उपचारका लागि उनलाई पठाउनका लागि होलेरी बजारमा आर्थिक संकलन अभियानमा जुट्यो।

होलेरी बजारका सहयोगी एवम् मनकारी ब्यक्तिहरुको सहयोगमा करिब आधा घण्टाको अन्तरालमा करिब दस हजार ६ सय ६० रुपैयाँ सहयोग रकम संकलन भयो।सरिर सुनिने जस्तो गम्भीर प्रकृतिको समस्या भएका चन्दलाई धेरै बेर होलेरीमा राख्न सकिने स्थिति पनि थिएन।र सहयोगका लागि अपिल गर्ने पर्याप्त समय पनि थिएन।तर संकलन भएको रकमले मात्रै चन्दको उपचार संभव पनि थिएन।अनेकौं समास्या र चुनौतीका बापजुत होलेरी खबरले दाङ जिल्लाकै चर्चित एवं प्रसिद्ध अस्पताल घोराहीमा रहेको गोर्खा पब्लिक हस्पिटल प्रालिमा चन्दको नि:शुल्क उपचारका लागि अनुरोध गरि दिने निर्णय गर्यो।

तर यतिबेलासम्म पनि विरामी चन्दको नि:शुल्क उपचारका लागि गोर्खा हस्पिटलले प्रस्ताव स्विकार गर्छ कि गर्दैन भन्ने दुबिधा थोयो।होलेरी खबरको सिधा प्रस्ताव गोर्खा पब्लिक हस्पिटल दाङका सि.ई.ओ दिनेश आचार्यले सहजै स्विकार गरिदिए।

त्यसपछि होलेरी प्रहरी चेकपोस्टक सहयोगमा चन्दलाई हतार-हतार घोराही पठाउने बन्दबस्त भयो।र घोराही पुगेका विरामी चन्दलाई गोर्खा हस्पिटलका सि.ई.ओ. आचार्य आफैले लगेर भर्ना गरे स्वास्थ्यकर्मीहरुको टिम चन्दको चेकजाँचका लागि लागि पर्यो।मुटुको ई.सि.जी.रगतबाट बिभिन्न परिक्षण,छाती र पेटको एक्सरे गरि सकेपछि चन्दलाई बिहिवार बाटै गोर्खा हस्पिटलमा भर्ना गरेर उपचार गरिरहेको हस्पिटलका सि.ई.ओ.आचार्यले होलेरी खबरलाई जानकारी दिएका छन्।

चन्दलाई देखिएको स्वास्थ्य समस्या CLD with PSTN with ASCITES.नामक समस्या भएको र उपचारसंगै स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सि.ई.ओ. आचार्यले बताए।हालसम्म चन्दको चेकजाँच र उपचारका लागि दस हजार बढीको लागत लागि सकेको भएपनी गोर्खा हस्पिटलले उनको नि:शुल्क उपचार गरिदिने उनको भनाई रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस