दाङ- त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि दाङद्वारा नि- शुल्क स्वास्थ परिक्षण तथा चेकजाँच गरिएको छ।
सनिबार आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको प्रमुख अतिथ्यता एवं संस्थाका संरक्षक भरतनाथ योगी लगायतका अतिथ्यता रहेको थियो।

कार्यक्रम जनचेतना सम्बन्धित रहेको थियो।ट्राफिक नियमको पालना गर्नुको साथै चालक स्वास्थ भएपछि मात्र नागरिकको सेवा गर्न सकिन्छ भन्दै बक्ताहरुले सुझाव दिएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख किरण प्रकाश मल्लले साथै यो शिविर बाट बस संचालक ,सर्वसाधारण र समितिका कर्मचारी लगायत लाई स्वास्थ्य परिक्षण गर्ने र यो शिविर हरेक ३ महिनामा संचालन गर्ने समितीको उदेश्य रहेको छ।

आजको नि:शुल्क स्वास्थ्य शिविरमा महिला, पुरुष जम्मा २२४ जनाको स्वास्थ्य परिक्षण गरिएको कल्याणकारी सह- संयोजक हिमाल महराले जानकारी दिएका छन्। कार्यक्रमको सहजीकरण कल्याणकारीका सचीव मीन प्रकाश भट्टले गरेका थिए।