होलेरी- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल रुन्टीगढी गाउपालिकाकाे प्रथम सम्मेलन आज हाेलेरीमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जनक पुनकाे प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा वडा न २ का वडाध्यक्ष भिउलाल पुन, वडा न ६ का वडाध्यक्ष घनवहादुर घर्ती, वडा न ७ का वडाध्यक्ष टेकलाल पुन, नेपाली काङ्ग्रेसका प्रतिनिधि दिलमन वुढाथाेकि,नेकपा एमालेका प्रतिनिधि अमराज वस्नेत, नेकपा माओवादी केन्द्रका प्रतिनिधि देवेन्द्र परियार, सामदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश महासचिव महेश न्याैपाने, जिल्ला अध्यक्ष नमबहादुर विककाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा वाेल्दै प्रमुख अतिथि पुनले सामुदायिक विद्यालय सुधारमा विव्यसकाे महत्त्वपूर्ण भुमिका हुने बताएका हुन्। शिक्षककाे एकल प्रयासले मात्रै शिक्षा परिवर्तन सम्भव नभएको उनकाे भनाई थियाे । प्रेम वहादुर घर्तिमगरकाे अध्यक्षतामा भएको उद्घाटन सत्रकाे संचालन प्रकाश पुन र स्वागत काैशिला जिसिले गरेका थिए ।
बन्द सत्रले प्रेमबहादुर घर्तिमगरकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ जसकाे उपाध्यक्षमा वेदवहादुर वुढा, सचिव प्रकाश पुन, सहसचिव कमल घर्ती, काेषाध्यक्ष काैशिला जिसि,सदस्यहरु खिमवहादुर वुढा, चित्रवहादुर वुढाथाेकि, लाल वहादुर वुढा, सावित्रा वुढा र कृति वहादुर डाँगि रहेका छन्।