होलेरी-दक्षिण रोल्पाको प्रसिद्ध धार्मिक एवं पर्यटकियस्थल रुन्टिगढी ७ गैरामा अबस्थित शिवपार्वती गुफा संरक्षण समितिद्वारा आयोजित मेला तथा खेलकुद कार्यक्रमको बुधबार आज उद्घाटन गरिएको छ।
शिवपार्वती गुफामा बिगत देखि महा शिवरात्रीका दिन भव्य रुपले मेला लाग्दै आएको छ।यस बर्षको शिवरात्रीमा पनि बिबिध खेलकुद सहित मेलाको उद्घाटन गरिएको छ।गुफा संरक्षण समिति अध्यक्ष एवं रुन्टिगढी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुनको अध्यक्षता एवं रुन्टिगढी गाउँपालिका उपाध्यक्ष सरिता केसीको प्रमुख आतिथ्यमा एक कार्यक्रमबिच आज मेला तथा खेलकुद कार्यक्रमको उद्घाटन गरिएको हो।

कार्यक्रममा पालिका भित्रका भक्तजन,विभिन्न वडाका वडा अध्यक्ष,स्थानीय राजनैतिक दल,शुरक्षाकर्मी,सञ्चारकर्मी,शिक्षक,खेलाडीहरु र सर्वसाधारणहरुको उपस्तिथि रहेको थियो।
मेलामा सहभागीता बनेर गुफाको दर्शन संगै मेलालाई भव्य रुपले सफल बनाउन गुफा संरक्षण समिति अध्यक्ष एवं वडा अध्यक्ष टेकलाल पुनले सबैमा अनुरोध गरेका छन्।