होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ दुबिडाँडा स्वास्थ्य चौकीले दादुरा-रुबेला विरुद्धको खोप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यबिच स्थानियहरुलाई स्वास्थ्य चौकी इन्चार्ज तुलसा रानाले दादुरा-रुबेला भाइरस संक्रमणबाट बालबालिकालाई शुरक्षित राख्न समयमै यस विरुद्धको खोपको आवश्यक्ता रहेको जानकारी गराउँदै स्थानिय अबिभावकहरुलाई सचेत बनाएकी हुन्।
आर.एन.ए प्रकृतिका भाइरसका संक्रमणका कारण देखापर्ने दादुरा र रुबेला संक्रमण अत्यन्त घातक,पिडादयी रहने भएकाले यस विरुद्धको खोप समयमै आफ्ना बालबालिकाहरुलाई प्रदान गर्ने अवसरको लाभ लिएर अधिकार उपयोग गर्न स्वास्थ्यकर्मी रानाको अनुरोध रहेको छ।उनका अनुसार अत्यन्त छिटो सर्ने यि भाइरस १ जनाबाट कम्तीमा १८ जनालाई सर्न सक्ने संभावना रहने भएकाले आफ्ना बालबालिकालाई खोप प्रदान गरेर उनीहरुको र अन्य बालबालिकाको स्वास्थ्य प्रति जिम्मेवार रहेर खोप लगाउन सम्बन्धित स्वास्थ्य संस्थाहरु लैजान आह्वान गरेकी छन्।
दादुरा-रुबेला विरुद्धको देशब्यापी खोप अभियान रोल्पाको रुन्टिगढी गाउँपालिकामा यही फागुन २३ गते देखि २६ गतेसम्म चल्ने भएकाले उक्त समयावधि भित्र नजिकको खोप केन्द्रमा आफ्ना बालबालिका लगेर जान स्वास्थ्य चौकी दुबिडाँडाको अनुरोध रहेको छ।
रुन्टिगढी गाउँपालिका वडा नं ५ कि वडा सदस्य एवं गाउँ कार्यपालिका सदस्य रिता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय अभिभावक,शिक्षक,सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो।