ताजा अपडेट

सुर्योदय मा.वि.मसिनाले आफ्नो ६४ औँ बार्षिक उत्सव भव्य रुपले मनाउँदै

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न ४ मसिनाको सुर्योदय मा.वि.ले यहि फागुन १६ गते आफ्नो ६४ औँ बार्षिक उत्सव भव्य रुपले मनाउन लागेको छ।

विभिन्न खेलकुद तथा प्रतियोगिताहरुको आयोजना गरेर बार्षिक उत्सव मनाउने तयागरेको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिएका छन्।कार्यक्रममा सहभागीताका लागि सबैलाई खबर गरिएको र कारणवश निमन्त्रणा छुट्न गएका शिक्षा प्रेमीहरुलाई उक्त दिन उपस्थितिका लागि अध्यक्ष घर्तीले अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस