ताजा अपडेट

रुन्टिगढी वडा नं ५ ले सम्पन्न गर्यो एकदिन शुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण प्रशिक्षण कार्यक्रम

होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ ले वडावासी महिला,किशोर तथा किशोरीहरुका लागि एकदिन शुरुक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार एक कार्यक्रमका विच ५० जना भन्दा बढी महिला तथा किशोरीहरुको सहभागीता वडा कार्यालय दुबिडाँडामा प्रशिक्षण दिइएको हो।वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रथामिक स्वास्थ्य केन्द्र होलेरीकी प्रमुख डाक्टर एकता गिरी र दुबिडाँडा स्वास्थ्य चौकी कि अनमी निर्मला केसीले गर्भपतन बारे स्पष्ट पार्दै शारीरिक र कानुनी प्रावधान बारे सहभागीहरुलाई प्रशिक्षण दिएका हुन्।

प्रशिक्षण दिदै डाक्टर एकता गिरी

गर्भपतन अपराध होईन अधिकार हो भन्ने नारा समेत रहेको उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउँपालिका पार्टी सचिवालय प्रमुख देबेन्द्र परियारले स्वास्थ्यका बिषयमा यस्ता सचेतनामूलक कार्यक्रमहरु आवश्यक रहेको बताए।प्रत्येक नागरिकले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुका सम्पर्क नम्बर राखेर कुनै किसिमको शारीरिक समस्या परेमा आवश्यक परामर्श गर्ने,जिज्ञासा राख्ने वातावरण बनाउनु पर्ने नेता परियारले सुझाएका थिए।त्यस्तै नेकपा एमाले वडा ५ कमिटी अध्यक्ष ओबराज सेजवालले पनि स्वास्थ्यका बारेमा प्रशिक्षणात्मक कार्यक्रमहरु समाजमा आवश्य रहेको जिकिर गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले स्वास्थ्यसंग सम्बन्धित अधिकारहरु वडावासीहरुमाझ प्रवाह गर्न आफूहरुले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्।आफूहरु जनताकै मतले निर्वाचित बनेर जनताकै सेवामा समर्पित रहदा कुनैपनी किसिमको समस्या लिएर प्रत्येक नागरिक वडा कार्यालय आउँन वडा अध्यक्ष डाँगीले अनुरोध गरेका छन्।समाजमा आश्वासन र भाषणको आवश्यकता नभएर काम परिणामको मार्गको रहेको उनको भनाई रहेको छ।वडा पालिकाले स्वास्थ्यका बिषयमा अगाडि सारेका कार्यक्रमहरुको परिणाम आजको भोलि नदेखिए पनि समयसंगै सकारात्मक परिणाम आउँने भएकाले सिकेका कुरा ब्यवहारमा लागू गर्दै अगाडि बढ्न प्रशिक्षार्थीहरुमाझ वडा अध्यक्ष डाँगीले अनुरोध गरेका छन्।

वडा तथा गाउँ कार्यपालिका सदस्य रिता केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडाका सचीव भागवत घिमिरेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस