ताजा अपडेट

दुवै खुट्टा गुमाएका विश्व किर्तिमानी सगरमाथा आराेही हरि बुढाले दाङमा गरे प्याराग्लाइडिङ

दाङ- रिडी राप्ती ग्रुपद्वारा संचालित लुम्बिनी प्रदेश राप्ती गाउँपालिका देवीकाेट बाट दुवै खुट्टा गुमाएका हरि बुढा मगरले प्याराग्लाइडिङ गर्नु भएकाे हाे ।हरि बुढा विश्वकाे सर्वोच्च शिखर सगरमाथा चढ्न सफल व्यक्ति हुन ।

उनी राेल्पामा जन्मेका एक शाहासिक र बहादुर पुर्व ब्रिटिस आर्मी हुन । उनको जन्म वि.सं. २०३६ सालमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. ३ मिरुलमा जन्म भएकाे हाे । हरि बुढा मगर सन १९९९ जनवरी २१ मा ब्रिटिस सेनामा भर्ती हुनुभएको थियो । सन् २०१० अप्रिल १७ तारिखमा अफगानिस्तान युद्धमा दुबै खुट्टाहरु गुमाउनु भएका बुढामगरले जीवनप्रति कहिल्यै निराश हुनु भएन । बरु दृढ इच्छाशक्ति र उच्च मनोबलका साथ सकारात्मक दिशातर्फ आफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गर्न निरन्तर क्रियाशील रहनुभयो । २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको उच्च शिखर सगरमाथा आरोहण गरी नेपालको तर्फबाट विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो । 

उहाँले हिमाल आराेहण देखि हेलिकप्टरबाट हाम फाल्ने ,बन्जी जम्प ,जिपलाइन जस्ता शाहासिक खेलहरु खेलि सक्नु भएको छ।बुढाले आफ्नाे जीवनस्तर सामान्य परिवार बाट हुर्केता पनि उनी लाहुरे जीवनमा निकै संघर्षरत यात्रा तय गरेका एक बहादुर लाहुरे हुनुहुन्छ ।

प्याराग्लाइडिङ गर्नु अघि कैद गरिएको तस्वीर।बुढा मगर हर्षित मुन्द्रामा देखिनु हुन्छ।

प्रतिक्रिया दिनुहोस