ताजा अपडेट

होलेरीमा महिलाहरूद्वरा सामुहिक रुपमा सञ्चालित मसला उद्योगले आर्थिक अभावका कारण गति लिन सकेन

होलेरी- रोल्पाको रुन्टोगढीको गाउँपालिकाको केन्द्र होलेरी बजारमा स्थानिय महिलाहरूले सामुहिक रुपमा मसला उद्योग सञ्चालनमा ल्याएका छन्।

रुन्टिगढी टिमुर मसला उद्योगको नाममा जिला घरेलु उद्योगमा उद्योग दर्ता गरेर स्थानिय स्तरमै मसला उत्पादनमा जुटेका छन्।

शुरुमा २० जना महिलाहरूले उक्त उद्योग सञ्चालन गर्नका लागि तालिम लिएका थिए।हाल भने ५ जना महिलाहरू मसला उद्योग सञ्चालन गरिरहेका छन्।

ग्रीन फाउन्डेसन संस्थाले उनीहरुलाई तालिम दिएर मसला मिस्ने एउटा मेसिन समेत उपलब्ध गराएको छ।

ग्रीन फाउन्डेसनको सहयोग हौसलाबाट स्थानीय महिलाहरूले उद्योग सञ्चालन गर्ने हिम्मत गरेपनि उद्योगमा लगानी गर्ने आर्थिक अभावका कारण उनिहरुको ब्यबसाय भने फस्टाउन नसकेको उनीहरुको दुखेसो रहेको छ।

महिलाहरूले पनि समाजमा केहि गर्न सकिन्छ भन्ने सोचले मसला उद्योग दर्ता गरेर सञ्चालन गरेपनि आर्थिक अभावका कारण आफूहरूलाई धौ-धौ परेको रुन्टिगढी ६ कि स्थानिय तिलमाया घर्तीले बताइन्।

`महिलाले पनि आत्मनिर्भरताका लागि काम गर्न सक्छन् भन्ने सोच बनाएर हामी ५ जना महिलाहरूले मसला उद्योग सञ्चालन गरेका छौँ।आर्थिक अभावका कारण सोचेको जस्तो व्यवसाय फस्टाउन सकिरहेका छैनौँ।स्थानिय सरकारबाट थोरै साह्यता पाएमा संभावना राम्रो देखेका छौँ´- घर्तीले भनिन्।

हाल आफ्नो उत्पादन फाटफुट रुपमा दाङसम्म बिक्रि हुने गरेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस