दाङ- दुवै खुट्टा गुमाएका रोल्पाका हरि बुढा मगरलाई गाेरखा ग्रुपले सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमकाे आयाेजना गरेको छ ।
राेल्पा थबाङ गाउँपालिका-३, मिरुलमा जन्मिएका हरि वुढा मगरल्र अफ्गानिस्तानको लडाईमा दुवै खुट्टा गुमाए तर पनि बुढाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण जस्तो साहसिक कार्य गरेर विश्वमाझ चर्चित छन् ।आफू शारीरिक रुपमा अपाङ्गता भएता पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण जेठ ९ गत्ते विश्व कृतिमान कायम गरेका थिए।बुढा मगरले मानिसको शारीरिक अवस्था भन्दा इच्छाशक्ति बलियो भएको संदेश प्रवाह गर्न सफल भएका छन्।
त्यही अवसरमा गाेरखा ग्रुपले भुपु लाहुरे हरि बुढा मगरमगर लाई बधाई संगै सम्मान मकाे लागि कार्यक्रमकाे आयाेजना तयारी गर्न थालेको हो।उनी सगरमाथा चढेर विश्व रेकर्ड राख्दै नेपाललाई पुनः एकपटक विश्वमाझ चिनाउन सफल बनेका एक राेल्पाली छाेरा समेत हुन ।
गाेर्खा ग्रुपले फागुन १४ गते दाङकाे घाेराहीमा सम्मान एवं नागरिक अभिनन्दन कार्यक्रम आयाेजना गर्न लागेको आयाेजक ले जानकारी दिएको छ ।