ताजा अपडेट

खेतिपाती गरेर साधारण जीवन जिउँदै निबर्तमान रुन्टिगढी गाउँपालिका उपाध्यक्ष छमाया पुन(भिडियो सहित)

होलेरी- एकपटक राजनैतिक सतहमा पुगेपछि वा निर्वाचित भैसकेपछि आफ्नो धरातल बिर्सेर बिलासी जीवन बिताउँने राजनैतिक संस्कार बढ्दै गएको परिपेक्षमा रोल्पाको रुन्टिगढी गाउँपालिकाकि निवर्तमान उपाध्यक्ष छमाया पुनले बने खेतबारीको नियमित काम गर्दै साधारण जिबनयान गरिरहेकी छन्।

`पालिका उपाध्यक्ष पदमा बहाल रहुँदा पनि मैले घर आएर खेतबारीको काम गर्ने गर्थे।तत्कालीन समयमा छिमेकीहरुले कुर्सीमा बस्ने मान्छेले पनि घाँस दाउरा गरेको सुहाएन भन्ने गर्नु हुन्थ्यो।तर मैले काम नगरेर ठूलो मान्छे बनिदैन भन्ने जवाफ दिन्थे।अहिले पनि उहीँ लयमा घरको काम गर्दै छु-´निवर्तमान उपाध्यक्ष पुनले भनिन्।

सोमबार बिहान ११ बजेको समयमा रुन्टिगढी गाउँपालिका ३ जबाङस्थित आफ्नो बारीमा निवर्तमान उपाध्यक्ष दम्पती पुनले तोरी छिनेर भित्र्याउने कार्य गरिरहेका थिए।सामान्य गाउँघरको लुगा लगाएर आफ्नै बारीमा काम गरिरहेकि छमाया पुनलाई उनका पति घनश्याम पुनले सघाइरहेका थिए।रुन्टिगढी गाउँपालिका उपाध्यक्षको रुपमा एक बर्ष कार्यकाल पूरा गरेर साधारण जिबन बिताइरहेकि छमाया पुनसंग होलेरी खबरका प्रबन्धक नन्दराम खड्काले विशेष कुराकानी तयार पार्नु भएको छ।

उपाध्यक्ष ज्यु नमस्कार।तपाईंलाई होलेरी खबरमा स्वागत छ।
नमस्कार।धन्यवाद नन्दराम जि।

राजनीतिमा सक्रिय देखिएका राजनीतिज्ञ वा एकपटक पालिकास्तरमा जनप्रतिनिधि निर्वाचित भएकाहरुको दैनिकी र जिबनस्तर फेरिएको देखिन्छ।तर यहाँले साधारण दैनिकी बिताएर घरायसी काम गरेको देखियो?

सर्वप्रथम प्रश्नका लागि धन्यवाद।हामी गाउँघरमा बस्ने मान्छे खेतीपाती,घर गृहस्थ चलाएर आएको हाम्रो पृष्ठभुमि हो।तत्कालीन समयमा हिजो म रुन्टिगढी गाउँपालिका उपाध्यक्ष पदमा हुँदा पनि म फुर्सदको समयमा घरमा आएर मैले यसरीनै खेतबारी,घाँस-दाउरा,गोठालो गर्ने गर्थे।त्यो बेला गाउँका छिमेकीहरुले उपाध्यक्ष भएर पनि यसरी काम गर्ने भनेर गिज्याउनु हुन्थ्यो।मैले हो म पालिका उपाध्यक्ष हुँ।हामी जनप्रतिनिधिहरुले आफ्नो काम नगरेपछि जनतालाई खेतिपाती र घरको काम गर्न कसरी हौसला मिल्छ नि?भनेर तर्क गर्ने गर्थे।आज पद मुक्त हुँदा पनि त्यसरीनै मैले घरको काम गर्ने गर्छु।सायद मैले पदमा रहँदा काम नगरेर ठूलो मान्छे बनेर हिडेको भए आज यसरी खेतबारी र घरको काम गर्न आफैलाई लाज लाग्थ्यो होला।तर पदमै रहदा पनि यहि कामहरू गर्दै आएकाले आज झन गर्वका शाथ काम गरिरहेको छु।

तपाईंको हिजोको ५ बर्षे पालिकाको कार्यकाल कस्तो रह्यो?
मेरो कार्यकाल सफल रह्यो भन्ने लाग्छ।हामी निर्वाचित भएको शुरूवातका दिनहरूमा अध्यक्ष र उपाध्यक्षले एउटै कार्यकक्षमार्फत काम गरेका थियौँ।भवन अपर्याप्त थिए।हामी निर्वाचित भएपछि यस्ता अनेकौं चुनौतीहरुको सामना गर्दै गाउँपालिकामा भौतिक संरचनाहरु निर्माण गर्यौँ।गाउँ-गाउँमा सडकहरू बिस्तार गर्यौँ।वडा कार्यालय भवनहरु,स्वास्थ्य कार्यालय भवनहरु,बर्थिङ सेन्टरहरु निर्माण गर्यौँ।दुई पटकको बिश्व कोरोना महामारीको सामाना गर्यौँ।२/३ दिनसम्म भोकभोकै कोभिड महामारीमा रोजगारीका लागि बाहिर जानू भएका नागरिकहरुको ब्यबस्थापनमा खट्यौँ।हामिले अरुपनि थुप्रै कामहरू गरेका छौँ।यदि दुई-दुई पटक कोरोना महामारीको सामना गर्नु पर्थेन भने हामिले अझै धेरै परिवर्तनहरु गर्न सफल हुन्थ्यौँ।

हालको स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाको कार्यशैली र बिकासको गति कस्तो देख्नु हुन्छ?

पहिले हाम्रो पालामा निकै बिरोधहरु गरिए।हाम्रा विरुद्ध विभिन्न बिरोध तथा घेराबन्दीहरु गरिए।तर हाल २ बर्षको आसपासमा रहेको स्थानिय सरकारको गतिविधि निरासजनक रह्यो।अझै ३ बर्ष कार्यकाल बाँकि छ उहाँहरुले जनताका लागि काम गर्नु पर्छ।गर्न सक्नु पर्छ।

भिडियो

प्रतिक्रिया दिनुहोस