ताजा अपडेट

रुन्टिगढी गाँउपालिका वडा नं ५ वडामा पढाइ मेला कार्यक्रम सम्पन्न

होलेरी- रुन्टिगढी गाँउपालिका वडा नं ५ वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित पढाइ मेला कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार आयोजित कार्यक्रमका प्रतियोगिताहरु हाजिरी जवाफ प्रतियोगितामा भिमसेन मा.वि. सैबाङ प्रथम,चन्द्रोदय आ वि जस्पुर द्वितीय र गणेश मा वि धाैलाबाङले तृतिय स्थान हासिल गरेको हो।छात्र हिसाब दाैड प्रतियोगितामा चन्द्रोदय आ.वि.जस्पुर प्रथम,भिमसेन मा वि सैबाङ द्वितीय गणेश मा वि धाैलाबाङ तृतिय र बाल कल्याण प्रा.वि. हापखोलाले सान्त्वना स्थान हासिल गर्न सफल भएका हुन्। छात्रा तर्फ भिमसेन मा.वि.सैबाङ प्रथम, गणेश मा वि धाैलाबाङ द्वितीय, चन्द्रोदय आ.वि. जस्पुर तृतिय र बालकल्याण प्रा.वि.हापखोलाले सान्त्वना स्थान कायम गरेको हो।र हस्त लेखन प्रतियोगितामा भिमसेन मा.वि.सैबाङ प्रथम ,गणेश मा.वि. धाैलाबाङ द्वितीय, चेतनशिल प्रा.वि. छिन्नेटातृतीय र सरस्वति प्रा.वि. नयाँगाउले सान्त्वना स्थाम हासिल गरेका हुन्।

रुन्टिगढी गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखाका प्रा.शा. घन बहादुर डाँगीको प्रमुख अथित्यता एवं ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको अध्यक्षता र गाउँ कार्यपालिका सदस्य रिता केसीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको वडा सचिव भागवत घिमिरेले सहजीकरण गरेका थिए।

कार्यक्रममा वडापालिका भित्रका ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागी बनेका थिए।

प्रतिक्रिया दिनुहोस