रोल्पा- राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नं २ मा शैक्षिक मेला तथा खेलकुद कार्यक्रमको उत्घाटन सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सांसद मिना बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा रुन्टिगढी गाउँ पालिका अध्यक्ष जनक पुन , २ वडा अध्यक्ष भिउलाल पुन ,रुन्टीगढी गाउँ पालिका १ का वडा अध्यक्ष थमन घर्ती रुन्टिगढी गाउँपालिका २ का उमा भक्त निमावि , जनज्योति आ.वि लामिडाडा ,शिल्केपाेखरी प्रा.वि दुम्फाल र शिल्के पाेखरी प्रा .वि गाेरिनेटा का विद्यार्थी हरुकाेकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद मिना बुढाले कार्यक्रम लाई संवाेधन गर्दै स्थानीय स्तरमा रहेका समस्या हरु र व्यथती का बारेमा आफुले सकेसम्म समाधान र सहजीकरण गर्ने र शिक्षा क्षेत्रमा सुधार गरेर अगाडि बढ्ने बताउँदै जनताप्रति सधै सकारात्मक रहेको र सदै जनताका सेवामा रहने प्रतिबद्धता गरेकि हुन्।भलिबल खेलको उद्घाटन गर्दै उनले सफलता काे शुभकामना समेत व्यक्त गरेकि हुन्।
त्यस्तै रुन्टिगढी गाउँ पालिका का अध्यक्ष जनक पुनले शिक्षामा सुधार गर्ने बताएका छन्।
जारी शैक्षिक मेला तथा खेलकुद कार्यक्रम माघ २८ गते देखि २९ गते सम्म संचालन हुने आयाेजकले जनाएको छ ।