ताजा अपडेट

गणेश मावि धौलाबाङमा वडापालिकाले दिएका एल.इडि प्रयोग बिहिन,वडा अध्यक्ष डाँगीले दिए निर्देशन

होलेरी- आर्थिक बर्ष २०७६/०७७ मा रुन्टिगढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रविधिसंग जोड्ने उद्देश्यले वडापालिकाले हस्तान्तरण गरिएको कम्युटर तथा एल.इडिहरु गणेश मावि धौलाबाङ्ले प्रयोग बिहिन बनाएर थन्क्याएर राखेको पाइएपछि रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले शुक्रबार कडा निर्देशन दिएका छन्।

शुक्रबार वडापालिका भित्रको गणेश मावि अनुगमन गर्ने क्रममा विद्यार्थीका सिकाइका लागि प्रदान गरिएका शैक्षिक र प्राविधिक सामाग्रीहरु प्रयोग बिहिन पाइएपछि वडा अध्य डाँगीले विद्यालयका शिक्षकहरुलाई ति उपकरणहरुका प्रयोग सहित विद्यार्थीलाई पठनपाठन गराउन निर्देशन दिएका हुन्।यसका शाथै पानीका फिल्टर लगाएतका सामाग्री पनि प्रयोग बिहिन बनाएर राखेको र सौचालय सरसफाइ नगरिएका जस्ता लापरबाही सुधार गर्न वडा अध्यक्ष डाँगीले अनुगमनका क्रममा निर्देशन दिएको जानकारी दिएका छन्।

आफू पुर्व गणेश मावि धौलाबाङको ब्यबस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेको अनुभव समेत रहेकाले वडापालिका भित्रका सामुदायिक विद्यालयहरुको चौतर्फी रुपान्तरण गरेर शैक्षिक क्षेत्रमा सुधार गर्न आधारभुत कुराहरूबाट शुरूवात गरिनु पर्ने वडा अध्यक्ष डाँगीको भनाई रहेको छ।

यस भन्दा अगाडि विद्यालय सौचालय अत्यन्तै फोहोर बनेको पाइएपछि वडा अध्यक्ष श्रमदान मार्फत प्रावि नयाँ गाउँको सौचालय वडा अध्यक्षको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो।समय-समयमा प्रत्येक विद्यालयहरुमा अनुगमन गर्ने उनको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस