होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका ५ सैबाङमा रहेको भिमसेन माध्यमिक विद्यालय सैबाङको निर्माणाधीन ८ कोठे आर.सि.सि.भवन अल्पत्र अवस्थामा रहेको छ।
गत बर्ष संघिय सरकारको ६४ लाख लागतमा निर्माण शुरु गरेको भवन निर्माण योजना शुरुमा विवादित बन्यो।मा.वि.सैबाङले प्रस्ताबना हालेको उक्त योजना रुन्टिगढी ८ कोठे भवन निर्माण शिर्षमै आएपनि रुन्टिगढी गाउँपालिकाले ८ नं वडाको खानेपानी योजनाको बजेट हो भनेर अन्योलमा पार्यो। त्यसपछि भिमसेन मा.वि.ले आठ कोठे आर.सि.सि.भवन निर्माण शिर्षकमा परेको योजना कसरी खानेपानी योजनाको हुनसक्छ भनेर जोडदार आवाज उठायो।त्यसपछि रुन्टिगढी गाउँपालिकाको गाउँ सभाबाट छिनोफानो गर्नु पर्ने आश्वासन दिइयो।
गाउँपालिकाबाट उक्त योजना मा.वि.सैबाङमानै दिने भन्ने निर्णय भयो तर भवन निर्माण टेण्डर मार्फत ठेक्का दिएर निर्माणको काम थालनी गर्दा भने समयले नेटो काटी सकेको थियो।क्रमागत बाहेक अन्य सिमित योजनाहरु भने सोही आर्थिक बर्षमा काम सम्पन्न गरेर भुक्तानी लिनु पर्ने हुन्छ ।आर्थिक बर्ष भित्र निर्माण सम्पन्न नगरेको खण्डमा प्राविधिकको मुल्यांकन अनुसार जति लागतको काम हुन जान्छ त्यति नै बजेट भुक्तानी लिएर बाँकि रहेको निर्धारित बिनियोजित बजेट स्वत:फिर्ता हुन जान्छ।
मा.वि.सैबाङको ८ कोठे भवनमा पनि त्यस्तै नियति हुन गयो।पालिकाले ढिलो बजेटिङ गरेपछि निर्माण कार्य पनि ढिलानै शुरु भयो।कामको जिम्मा लिएको निर्माण कम्पनीले कामको गति बढाएपनि समय अभावले पूरा काम गर्न नसकेको भिमसेन माध्यमिक विद्यालय सैबाङका शिक्षक भिमबहादुर दशौँदीले जानकारी दिए।
निर्माणाधीन भवन अल्पत्र बनिरहेको एक बर्ष बित्यो तर उक्त भवनलाई पुर्णता दिन स्थानीय सरकाले चासो देखाएको पाइएको छैन।स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले भवनको अवस्था कस्तो छ भनेर एकपटक पनि अनुगमन नगरेको शिक्ष दशौँदीले दुखेसो पोखे।`मैले बुझेको अनुसार आर्थिक बर्ष २०७९/०८० मा हाम्रो विद्यालयको ८ कोठे यो भवन निर्माण गर्न बजेटिङ कार्यमा बिलम्ब हुन गयो।बजेटिङमा ढिलाई भएपछि निर्माण कार्यपनि ढिलो शुरु भयो।त्यतिन्जेल आर्थिक बर्ष समाप्त हुने समय नजिकै आइसकेको थियो।भवन निर्माण कार्यको जिम्मा लिएको निर्माण कम्पनीले कामको गति राम्रै बढाएको थियो।तर तत्कालीन समयमा निर्माण कम्पनीले बताए अनुसार एकतला ढलान गरिसकेपछि मापदण्ड अनुसार गुणस्तरीय बनाउन त्यसलाई कम्तीमा २२ दिन सुक्न दिनु पर्ने भयो।पहिलो तलाको कोठाहरु पार्टेशन गरिएको थिएन।त्यसपछि अर्को तलाका पिलर उठाउँदा उठाउँदै आर्थिक बर्ष सक्कियो।र काम रोकिन पुग्यो-शिक्षक दशौँदीले भने।
उनका अनुसार समय सिमाका कारण भवन अल्पत्र बन्न पुग्यो तर अहिलेसम्म स्थानिय सरकारले उक्त भवनलाई फर्केर हेरेको छैन।पुराना जिर्ण भवनमा पठनपाठन सञ्चालन गर्न विद्यार्थी र शिक्षक दुबैका लागि असहज भैरहेको उनले बताए।
मावि सैबाङको हालसम्मकै ठूलो भवन निर्माण कार्य शुरु हुँदा विद्यार्थी,शिक्षक र अभिभावकहरु समेत हर्षित बनेका थिए।हाल बर्ष दिनसम्म भवन अल्पत्र रहँदा अबिभावकहरु चिन्ता बढेको छ।दोश्रो तलामा पिलर मात्रै उठाइएको छ।ढलानसम्म गरिएको छैन।हाल उक्त भवनको सामाग्रीहरुमा खिया लाग्न थालेको छ।भवन निर्माण थालनी हुँदा आफूहरू अत्यन्त हर्षित बनेको र भवन बर्षदिनसम्म अल्पत्र रहँदा पनि सबैभन्दा नजिकको सरकार स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले कुनै चासो नदेखाउँदा अबिभाबकमा चिन्ता बढेको स्थानिय शिक्षा प्रेमी एवं अभिभावक सुकवीर घर्तीले बताए।`विद्यालयसंग विभिन्न भुमिकामा रहेर म नजिक छु।हाम्रा बालबालिकाले पुराना जिर्ण भवनमा बसेर अध्यन गरिरहेका छन्।विद्यार्थीको उच्च चाप सहित असहज तरिकाले बसेर शिक्षा आर्जन गर्न उनीहरुलाई अप्ठेरो परिस्थिति छ।
गत बर्ष ८ कोठे भवनको योजना परेपछि हामी अभिभावक सबैभन्दा बढी खुसी भएका थियौँ।तर पछि समय अभावका कारण बिचमै काम रोकिन पुग्यो।त्यसपछि पनि स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले पक्का पुर्णता दिन्छ भन्ने सोचेर आशा मारेका थिएनौँ।तर एक बर्षसम्म पनि पुर्णता दिन कुनै अत्तोपत्तो देखिएन।भवन निर्माण सम्पन्न नहुँदै दिनानुदिन जिर्ण बन्न थालेको छ।हामिमा चिन्ता थपिन थाल्यो-अभिभावक घर्तीले चिन्ता ब्यक्त गरे।
पालिकामै मा.वि.सैबाङ नमुना विद्यालयको प्रयासमा रहेकाले पर्याप्त भवननै उपलब्धता नहुनु अत्यन्त दुर्भाग्य रहेको उनको भनाई रहेको छ।
निर्माणाधीन भवन विद्यालयलाई हस्तान्तरण गरिएको छैन प्र.अ.
निर्माणाधीन तथा अल्पत्र उक्त आर.सि.सि.भवन अझै विद्यालयलाई हस्तान्तरण समेत नगरिएको भिमसेन मा.वि.सैबाङका प्र.अ.जोखराज रोकाले जानकारी दिए।शुरुमै पालिकाले हाम्रो आर.सि.सि भवन निर्माण भन्ने शिर्षकमा आएको योजनालाई अर्को वडा नं ८ को खानेपानी योजनाको हो भनेर ओझेलमा पार्ने प्रयास गर्यो ।त्यसपछि सम्बन्धित विद्यालयको प्र.अ.को हैसियतले म निरन्तर पालिका धाएर हाम्रो विद्यालयको योजना हो भनेर दाबी गरिरहे।गत बर्ष मंसिरमै भवन निर्माण गर्ने कार्य अगाडि बढाइयोस् भनेर पालिका अध्यक्ष ज्युलाई अनुरोध गरे तर उहाँहरुले बैशाख महिनामा मात्रै टेण्डर आह्वान गरेर निर्माण कार्यको मार्ग प्रशस्त गरिदिनु भयो।त्यसमा पनि योजना क्रमागत नभएको जानकारी दिनु भयो।असार मसान्तमा आर्थिक बर्ष सकिन्छ।कसरी निर्माण सम्पन्न गर्न संभव हुन्छ?शैक्षिक संस्थाको अत्यावश्यक भौतिक संरचना निर्माणमा गरिएको लापरबाहीको जिम्मा कसले ल्याइदिने हो?हाम्रा विद्यार्थीमाथी अन्या भयो नि?´-प्र.अ.रोकाले प्रश्न गरे।शाथै उक्त भवन हालसम्म पनि विद्यालयलाई हस्तान्तरण नगरिएको प्र.अ.रोकाले जानकारी दिए।उनले भने
पालिकाबाटै ढिलाशुस्ती गरेर अल्पत्र अवस्थामा पुगेको भवनलाई पुर्णता दिन पालिकाले हिउँदे अधिवेशनबाट सम्बोधन गरिदेला भनेर कुरेर बसेका थियौँ।तर सम्बोधन भएन।घाम पानी भवनको छड र सिमेन्ट खियाउने अवस्थामा छन्।एकातिर हाम्रा विद्यार्थीहरु जिर्ण भवनमा बसेर पढ्न बाध्य छन्।अर्कोतिर राज्यको श्रोत साधन खर्चिएर बनाइएको भवन अल्पत्र छ।साह्रै चिन्ताको बिषय बनिरहेको छ।´
भिडियो