ताजा अपडेट

महेन्द्र मावि होलेरीका विद्यार्थी ११ बजे बजारमा,प्रअ कक्षामा शिक्षक शिक्षिका घाम ताप्दै(भिडियो सहित)

होलेरी- शुक्रवार रोल्पाको महेन्द्र माध्यमिक विद्यालय होलेरीका विद्यार्थीहरु बिहान ११ बजे विद्यालय पोशाकमै होलेरी बजारमा हिडिरहेको दृश्य देखियो।

विद्यालय सञ्चालन हुने दिन विद्यालय समयमै ४/५ जना विद्यार्थीहरु बजारमा हिडिरहेको देखिएपछि होलेरी खबर टिमले उनीहरुसंग सोधपुछ गर्यो।

सोधपुछका क्रममा ति विद्यार्थी कक्षा ८ को रहेको र शुक्रबार विद्यालयमा छात्राहरुको रक्ताल्पत्ता परिक्षण चलिरहेकाले शिक्षकहरुले नपढाएको उनीहरुले जवाफ दिए।भागेर आएका हौ?भनेर हामिले सोधपुछ गर्दा उनीहरुले सरले नपढाएका कारण सोधेरै घर फर्किन लागेको विद्यार्थीहरुले बताए।

उनीहरुको जवाफ सुनेर आसपासका मानिसहरु पनि अचम्मित बने।१४/१५ बर्षका नाबालक विद्यार्थीहरुले झुट नबोलेको हुनुपर्ने हामिले निश्चय गर्यौँ।तर स्वाभाविक रुपले उनीहरुको भनाई स्विकार्न सक्ने पनि अवस्था थिएन।छात्राहरुको रक्ताल्पत्ता जाँच हुन लागेको भएपनि स्वास्थ्य परिक्षण शिक्षक शिक्षिकाले गर्ने पक्कै होईन।शिक्षा प्रवाह गर्ने महत्वपूर्ण र संवेदनशिल संस्थामा लापरबाही भएको हुनसक्ने आशंका लागेर टिम होलेरी खबरले उतिखेरै महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा पुग्ने निधो गर्यो।

त्यहाँ पुग्दै गर्दा करिब १२ बजेतिर बाटोमा अन्य विद्यार्थीहरु पनि घर फर्कदै गरेको दृश्य देखियो।हामिले केही प्रश्न गर्दा गर्दै उनीहरु हताहतार त्यहाँबाट अगाडि बढी कति चाहिँ पुनः विद्यालय तिरै फर्किए।त्यो दृश्यले मनमा थप कौतुहल्ता बढायो।सरकारी नियम अनुसार शुक्रवार दिउँसो १ बजे मात्रै सरकारी कार्यालयहरु तथा सरकारी शैक्षिक संस्था बिदा हुने गर्दछ्न्।शैक्षिक संस्थाहरुमा भने अतिरिक्त क्रियाकलाप पनि हुन्छन्।

तर हामी विद्यालय प्राङ्गणमा पुग्दै गर्दा अचम्म पर्ने दृश्य देखियो।शुक्रवार १२ बजे विद्यार्थीहरु प्राङ्गणमा आफूखुसी खेलिरहेका थिए।प्राङ्गणमा कुनै शुक्रबारे अतिरिक्त क्रियाकलाप चलेको थिएन।अधिकांश शिक्षक शिक्षिकाहरु विद्यालय कार्यालय बाहिर बसेर घाम तापिरहेका थिए।

आफ्नै धुनमा घाम तापेर गफिदै गरेका दुई शिक्षिकाहरुलाई शुक्रबार ११ बजेदेखिनै तपाईंका विद्यार्थीहरु बजारमा किन गए´ भन्ने प्रश्न गर्दा हामिलाई होईन हेड सरलाई सोध्नुस् भनेर उठेर हिड्न थाले।त्यसपछि हामिलेतपाईंहरु विद्यालय समयमा नपढाएर किन बस्नु भएको छ?भनेर सोध्दा शुक्रवार २ घण्टी पढाएर अतिरिक्त क्रियाकलाप गराउने नियम भएको र आज छात्राहरुको रक्ताल्पता जाँच गर्नु पर्ने भएकाले अतिरिक्त क्रियाकलाप नगराएको शिक्षिकाहरुको जवाफ थियो।

सरकारी विद्यालयका शिक्षिकाहरुका गैरजिम्मेवारी तर्क सुन्दा कुरा सुन्दा शुक्रबार अतिरिक्त क्रियाकलापमा गराउनु पर्ने ठाउँमा कुनै कारणवश पढाउनु परे घाटा हुन्छ कि भन्ने जस्तो भाव झल्कन्थ्यो।

त्यसपछि हामिले विद्यालय कार्यालय भित्र हेर्दा त्यहाँ प्रधानाध्यापक बेदबहादुर सुर्यवंशी(बेदान्त)लाई कार्यालय भित्र पाएनौँ।

सोधपुछ गर्दा विद्यालयका कार्यालय सहयोगी रुपलाल डाँगीले प्रधानाध्यापक बेदान्त सुर्यवंशी शिक्ष कक्षामा रहेको जानकारी दिए।त्यतिबेला घडीमा साढे १२ बजिसकेको थियो।शुक्रबार २ घण्टी बाहेक पढाउने नियम छैन बसेर बसेका शिक्षिकाहरुको सरकारी विद्यालयना २ घण्टी पछि पढाउनै हुन्न भने जस्तो तर्क थियो।तर हेड सर भने त्यतिन्जेलसम्म पनि १२ कक्षाका विद्यार्थीहरुलाई पढाई रहेको कार्यालय सहयोगी डाँगीले बताए।

हामी हेड सरसंग जवाफ माग्ने प्रतिक्षमै रहँदा नजिकै अर्को भवनमा छात्राहरूको रक्तअल्पत्ता जाँच भैरहेको स्थानमा पुग्यौँ।त्यहाँ पुग्दा जिल्ला स्वास्थ्य कार्यालयबाट आएको स्वास्थ्यकर्मीहरुको टोलिले आफ्नो काम गरिरहेको थियो।त्यसमा विद्याकयको तर्फबाट २ जना शिक्षिकाहरुले आवश्यक सहयोग गरिरहेका थिए।

स्वास्थ्यकर्मीहरुलाई हामिले महेन्द्र माविका विद्यार्थीहरु बिहान ११ बजेखि बजार र बाटोमा हिडिरहेको जानकारी गराएर `छात्रा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण हुने दिनमा छात्रा विद्यार्थीहरुलाई नपढाउने भन्ने तपाईंहरुको कुनै निर्देशन वा नीति छ?´भनेर प्रश्न गर्दा उनिहरुले सोझै इन्कार गरे।एकैपटक नभएर प्रत्येक कक्षाका छात्राहरुको पालैपालो स्वास्थ्य परिक्षण गरिरहेको र सो समयमा छात्रहरुलाई पठनपाठनमै ब्यस्त गराउनु पर्ने आफूहरूको नीति रहेको स्वास्थ्यकर्मीहरुले बताए।

त्यतिन्जेल पढाएर कक्षाकोठाबाट कार्यालयमा आएका प्रधानाध्यापक बेदबहादुर सुर्यवंशीले शुक्रबार सबै शिक्षकरु बिद्यालय नआएकाले केही विद्यार्थी घर गएको हुनसक्ने बताए।अन्यदिनहरुमा विद्यार्थीहरु त्यसरी बजारमा नगएका प्रअ सुर्यवंशीले दावी गरे।शिक्षकरुले घाम तापेर बसिरहेको बिषयमा उनले सबैले आआफ्नो कर्तव्य पालना गरेपछि कुनै किसिमका समस्या ननिम्तिने बताए।

एक्लैले सबै कुरा सुधार नहुने स्विकार गर्दै शिक्षक र अबिभावक सबैले विद्यार्थीहरुलाई सहि कुराहरु सिकाउनु पर्ने प्रअ सुर्यवंशीको भनाई रहेको छ।आगामी दिनहरुमा यस्ता लापरबाही नदोहोर्‍याउने उनले होलेरी खबर मार्फत सम्बन्धित अबिभावकहरुसंग प्रतिबद्धता गरेका छन्।

महेन्द्र माध्यामिक विद्यालय दक्षिण रोल्पाकै सबैभन्दा पुरानो विद्यालय हो।यस बिद्यालयको स्थापना २०२१ शालमा भएको थियो।तर विद्यालयको शैक्षिकस्तर र प्रशासनमा बिगत दशकौँ देखिनै चरम लापरबाहीमा रहदै आएको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस