होलेरी- प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा चरम लापरबाही देखिएको छ।
आइतबार बिहान ११ बजेर ५९ मिनेटमा होलेरी खबर टिम त्यहाँ पुग्दा निशुल्क औषधि बितरण कक्ष,ल्याब,फार्मेसी सबै बन्द अवस्थामा थिए।
त्यतिबेलासम्म ९ जना बिरामीहरुले नाम दर्ता गरि सकेका थिए।तर स्वास्थ्य केन्द्रका सबै साखाहरु भने स्वास्थ्यकर्मी बिहिन बनिरहेका थिए।
एकजना अहेब हिमा घर्ती एकजना स्टाफ नर्स र कार्यालय सहयोगी मात्रै अस्पतालमा बिरामीको सेवामा थिए।
डाक्टर एकता गिरी अन्य सहित अहेबहरु कार्यालयमा थिएनन्।
उनिहरु सबै बिदामा रहेको अहेब घर्तीले जानकारी दिइन्।
स्वास्थ्य संस्था जस्तो आकस्मिक सेवा प्रदायक संस्थामा कुल १३ जना स्वास्थ्य कर्मी मध्ये आइतबार ८ जना बिदामा रहेका थिए।
डाक्टर सहित एकैपटक ८ जना स्वास्थ्यकर्मीहरुको किन अनुपस्थिती रह्यो भन्ने होलेरी खबरको प्रश्नमा अहेब घर्तीले माघिको बिदामा गएको भन्ने जवाफ दिइन।स्वास्थ्यकर्मीहरुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा राज्यले प्रत्याभूत गरेको ९८ प्रकारका औषधिहरु मध्ये हाल करिब ५० प्रकारका मात्रै औषधि मात्रै उपलब्ध रहेका छन्।उनिहरुले विभिन्न बहाना बनाएर देखाउन भने मानेनन्।
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रुन्टिगढीका स्थानिय,त्रिबेणी गाउँपालिका स्थानिय,छिमेकी जिल्ला दाङ, सल्यान र प्युठानबाट समेत सेवाग्राही उपचारका लागि आउँने गर्दछ्न्।तर स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति,औसधि तथा अन्य श्रोतसाधन भने छैन।
स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले बर्षौँ बित्दा पनि दरबन्दीको डाक्टरको पदपूर्ति गर्न सकिरहेको छैन।अपर्याप्त जनशक्तिबिच नै आइतबार लापरबाही भेटिएको छ।१३ जना मध्ये ८ जना स्वास्थ्यकर्मी बिदामा बसेको पाइएको छ।
भिडियो